स्याङ्जा २१ चैत । चापाकोट नगरपालिका ८ प्याक्लुक स्थित निर्माणधिन दामाचौर—रामपुर
पाल्पा जोडने पक्की पुलको विम सहित कामदार खस्दा ८ जना घाइते
भएका छन्।
निर्माणका क्रममा क्रेनले फलामको बिम उचालेर कामदारहरुले बिम
जोडीरहेका बेला अचानक उक्त बिम सहित कामदारहरु खस्दा कामदारहरु
घाईते प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
घाईतेहुनेमा रौतहटका २४ बर्षे प्रेमधन पटेल, बाराका २२ बर्षे रामनिवास
कुमार पटेल, बारा २८ बर्षे जितेन्द्र पटेल, भारत बिहारका २५ बर्षे धनन्जय
ठाकुर र २१ बर्षे सुजितकुमार यादब, ४८ बर्षे रघुनाथ राव र २५ का अनुप
कुमार राव र गोरखाका २३ बर्षे सृजन परियार रहेको र उनीहरुको पाल्पा
मिशन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
उनीहरुका हात, खुट्टा तथा छातीमा चोट लागेको प्रहरीको भनाई छ ।