स्याङ्ना ६ बैशाख । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले नया बर्षको शुभकामना सहित भित्ते पात्रो बिमोचन गरेको छ ।
पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले भित्तेपात्रोको बिमोचन गर्नु भएको हो । पात्रो बिमोचन गर्दै नगरप्रमुख रेग्मीले नया बर्ष २०८१ को शुभकामना ब्यक्त गर्दे नगरभित्रका ब्यापारी ब्यवसायीबीच सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । उहाले राउण्ड टेवलमा बसेर ब्यवसायी र पालिकाबीच छलफल गरि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । ब्यापार ब्यवसाय प्रवद्र्धन गर्न ब्यवसायमैत्री योजना बनाउने र नगर प्रमुख ब्यवसायीका पक्षमा रहेको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख देवी अर्याल, प्रहरी उपरीक्षक शालिकराम शर्मा, उद्योग वािणज्य संघका पूर्व केन्द्रिय सदस्य एवं स्याङ्जाका पूर्व अध्यक्ष दिपक लम्साल, निवर्तमान अध्यक्ष रविन्द्रमान श्रेष्ठ, नागरिक समाजका अध्यक्ष एवं पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, सुन्तला सुपरजोन परियोजना कार्यालय प्रमुख माधव लम्साल, उद्योग वाणिज्य संघ विरुवा इकाई अध्यक्ष राजेन्द्र केसी, अर्जुनचौपारी इकाइ अध्यक्ष शोभाकान्त रिमाल, रेडक्रस सोसाइटी जिल्ला सभापति दिनेश अर्याल, महिला उद्यम विकास समितिका संयोजक इन्द्रेणी अधिकारी लगायतले नया बर्षको शुभकामना सहित ब्यवसायीको अवस्थामा बारेमा जानकारी एवं राय सुझाव दिनुभएको थियो ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तृतीय उपाध्यक्ष गंगा प्रधानले स्वागत एवं महासचिव रविन केसीले संचालन गर्नुभएको थियो ।