स्याङ्जा १७ बैशाख । धारिलो हतियार (चक्कु) प्रहारबाट २० बर्षे युवाको मृत्यु भएको छ । आइतवार राती करिब १० बजे ३५ बर्षिय निमबहादुर घर्तीमगरले चक्कु प्रहार गरेपछि घाईते भएका ती युवाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाङ् जिल्लामा घर भई हाल वालिङ् नगरपालिका १३ बायाँटारी स्थित एक घरमा डेरागरी बस्ने आयुष चौधरीको चक्कु प्रहारबाट मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । प्रहार गर्ने घर्तिमगर र मृतक चौधरी दुबै जना दाङ जिल्ला राप्ती गाउँपालिका ३ कै रहेको बताइएको छ ।
चक्कु प्रहारबाट घाईते भएका आयुषलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पुरयाइएको थियो । चालक घर्तिमगर प्रहरी नियन्त्रणमा छन् । दुबै जना टयाक्टरका चालक र सहचालक रहेको बताइएको छ ।