स्याङजा २१ माघ । पुतलीबजार नगरपालिका ३ स्थित धारापानी— आम्वोट जोड्न ट्रस्ट व्रीज बन्ने भएको छ ।
जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जीटीले शुक्रवार यहाँ शिलान्यास गर्नुभएको छ । पुलको शिलान्यास गर्दै प्रमुख जीटीले धारापानी र आम्वोटमा पुल निर्माणपछि यहाका स्थानीयबासीलाई आवत जावतमा सहज पुग्ने बताउनुभयो । वारपार गर्नका लागि धेरै समय लाग्ने यहाका बासीन्दाले अव छिटो समयमै यहाँ वरपरका बिद्यालय, सरकारी कार्यालय, अस्पताल जान समेत सजिलो र छोटो समयमै पुग्न सकिनेमा जोड दिनुभयो ।
कुल ३८ लाख ११ हजार ३१३ रुपैंयाको लागतमा निर्माण गरिने पुल ३२ मीटर लम्वाईको र सवा मिटर चौडाईको हुने बताइएको छ । पुतलीबजार नगरपालिकाको आर्थिक सहयोग र अन्धाअन्धी सामुदासियक विकास केन्द्रको समन्वयमा निर्मित सो पुल २ महिनामा सक्ने लक्ष्य लिइएको छ ।
उपभोक्ता समितिका अध्यक्ष अमृतप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष श्यामकृष्ण शर्माले स्वागत एवं सचिव श्रीकृष्ण नेपालले संचालन गर्नुभएको थियो ।