Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » धान रोपेको २ हप्तामै हिस्पाको प्रकोप
    अर्थ

    धान रोपेको २ हप्तामै हिस्पाको प्रकोप

    Syangja SandeshBy Syangja SandeshJuly 21, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा , ६ साउन । धान रोपेको ३ हप्ता पनि नपुग्दै धानबालीमा राइस हिस्पा ९काँडेदार खपटे० किराको प्रकोप बढ्न थालेको छ। किराले पात काटेर सुक्न थालेपछि किसान चिन्तित छन्। भीरकोट नगरपालिका ५ स्थित पकान फाँटमा राईस हिस्पाको प्रकोप बढेपछि कृषि ज्ञान केन्द्रका प्रमुखसहित प्राविधिक टोलीले अनुगमन गरेर विषादी प्रयोगका बारेमा जानकारी गराउनु भएको छ।

    भर्खर रोपेका कलिला धानको पात खाएर विरुवा नै सुक्न थालेको छ। किराले धान विरुवाको गुभो पनि खान लागेपछि धानबाली नष्ट पार्ने चिन्तामा परेको किसान कृष्णप्रसाद पौडेलले जनाउनुभयो ।

    धानखेतिका लागि उर्वर मानिएको पकानफाँटमा राइस हिस्पाको प्रकोप रोक्न भीरकोट जेसीसको समन्वयमा ज्ञान केन्द्रले फाँटमै पुगेर किरा प्रकोप र यसका उपचार विधिका बारेमा किसानलाई प्रशिक्षित गराएको छ।

    धानवालीमा किराको प्रकोप बढेपछि किसानसहितको प्राविधिक टोलीले धानको अनुगमन तथा निरीक्षण गरेका छन्। धान रोपेको १७ दिनमै हिस्पाको प्रकोप देखिएपछि किसानलाई सामान्य विषादीसहित उपचारका विधि सिकाइएको केन्द्रका प्रमुख विनोद हमालले जानकारी गराउनुभयो। उहाले भन्नुभयो ‘फाँटका करिब ७० रोपनी धानबालीमा गरेको अनुगमनमा २० रोपनी धानखेतमा किराको प्रकोप छ।’

    झरी पर्ने र बादलिने मौसममा किराले बढी क्षति गर्छ। धानमा सामान्य सेतो देखिने वित्तिकै किसानले हरियो बनाउन यूरिया मल छर्ने गर्दा झनै किराको प्रकोप बढने कृषि अधिकृत इश्वरीप्रसाद अर्यालको भनाइ छ। ‘समस्या देखिँदासाथ खेतमा पानीको सतह बढाउने, किराका अण्डाहरुलाई नष्ट गर्न सके प्रकोप कम हुन्छ,ु अर्याल सुझाव दिनुहुन्छ।

    अनुगमनपछि ७५ प्याकेट किङ स्टार नामक विषादी वितरण गरिएको थियो। भीरकोट जेसिजको सहजीकरणमा केन्द्रले प्रकोप सम्बन्धी अन्र्तक्रिया गरेर किसानलाई विषादी वितरण गरेको छ। सोही वडाध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणले कृषिका लागि उर्वर पकान फाँटमा धान ब्लकमार्फत धान खेती गरिएको जानकारी गराउनुभयो।

    सहभागी भीरकोट जेसिजका अध्यक्ष प्रसुन मगर, किसान दामोदर तिवारी, पोतप्रसाद तिवारी, शान्ति अर्याल, शेषकान्त तिवारी, राधाकृष्ण अर्याल, शिवप्रकाश अर्याल नारायणप्रसाद अर्याल, कृष्णप्रसाद पौडेललगायतले जिल्लाकै प्रमुख धान उत्पादक क्षेत्र पकान फाँटमा खपटे किराले क्षति पुर्याएकोमा चिन्ता व्यक्त गर्दै समयमै उपचारका लागि आग्रह गर्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा यसबर्ष एक अरब २५ करोडको सुन्तला उत्पादन

    January 1, 2025

    स्याङ्जाको कफी उत्पादन गतबर्षभन्दा दोब्बरकोे अनुमान

    March 14, 2024

    नेपालको आर्थिक अवस्था हल्का चलायमान भएको छ — वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

    January 20, 2024

    चण्डीकालिका सेभिङ् इण्ड क्रेडिट को अपरेटिभमा शेरचन निर्वाचित

    January 6, 2024

    देउसी खेलेर संकलित ५० हजार राम्दीका जेष्ठनागरिकलाई

    November 24, 2023

    स्याङ्जामा रोपिए १ लाख ७० हजार किलो आलु

    November 24, 2023
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.