Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, June 5
    Trending
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » देश माओवादीमय बन्छः गण्डकीका सचिव देवेन्द्र पराजुली
    राजनीति

    देश माओवादीमय बन्छः गण्डकीका सचिव देवेन्द्र पराजुली

    Syangja SandeshBy Syangja SandeshOctober 29, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२, कार्तिक । स्याङ्जा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका सचिव दबेन्द्र पराजुलीले अब देश माओवादीमय बन्ने बताउनुभयो ।

    नेकपा माओवादी केन्द्र जिल्ला समन्वन समिति स्याङ्जाको वालिङमा भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै पराजुलीले एमाले, कांग्रेसको जनतामा जाने एजेण्डा हराएको भन्दै अब जनताले माओवादीलाई साथ दिने बताउनुभयो ।

    उहाँले नेकपा भित्र देखिएको बहस, विवाद बिभाजनमा गएको संकेत गर्दै सच्चा क्रान्तिकारी र यथास्थीतीवादी बीच धुर्विगरण हुने क्रम सुरुभएको बताउनुभयो ।

    पराजुलीले नयाँ परिवेशमा माओवादीले पार्टीलाई व्यवस्थित र संगठित बनाउँदै लगेकाले माओवादी पार्टी विस्तारको कामले क्रान्तिकारी छालाङ मार्नेमा जोड दिनुभयो ।

    उहाँले जिल्लामा रहेका नेता कार्यकर्ताहरुलाई जनतामाझ ठोक्किन र जनताका सुख्खदुखमा एकाकार हुन सुझाब दिनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशका बन वातावरण तथा भू–संरक्षण मन्त्री दिपक चर्तिमगरले प्रचण्डले क्रान्तिलाई धोका नदिएको भन्दै बरु माओवादी जनयुद्धलाई सफल अवतरण गराउनुभएको बताउनुभयो ।

    उहाँले हिजोका बुर्जुवा पार्टीले जनताका मुद्धा सम्बोधन गर्न नसकेकाले माओवादी पार्टी जन्माउन परेको बताउनुभयो ।

    मन्त्री थापाले गणतन्त्र संघियता, धर्म निरपेक्षता, समावेसी, समानुपातीक माओवादीका एजेण्डा भएको भन्दै यी चिजलाई संस्थागत गर्नपनि माओवादी आवस्यक पर्ने बताउनुभयो ।

    नेकपा माओवादी केन्द्र जिल्ला समन्यन समिति स्याङ्जाका ईन्चार्ज शैलेन्द्र घिमिरेले जनताका काम गर्न माओवादीले काम गर्ने तरिका बदल्न लागेको बताउनुभयो ।

    उहाँले माओवादी पार्टी नबिग्रिएको दावी गर्दै बरु हिजो भएका स्वार्थी, अवसरीवादी, ईमान्दार नभएका, सच्चा क्रान्तिको पीडा विर्सिएका बाहिरिदै गएको बताउनुभयो ।

    उहाँले माओवादी पार्टीको विस्तार र विकास एक जाँदा दुई बनाउने सुत्र अनुसार अगाडि वढ्ने बताउनुभयो ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्र कालीगण्डकी गाउँपालिकाका सचिव आशिस न्यौपाने, गल्याङ नगरपालिका सचिब चित्र बहादुर राना, चापकोट नगरपालिकाका अध्यक्ष रुकविर राना, वालिङ नगरपालिकाका अध्यक्ष रमेश अर्याल, भीरकोट नगरपालिकाका सचिव रमेश ढुङ्गाना, पुतलीबार नगरपालिकाका सचिव जिवन थापा, आँधीखोला गाउँपालिकाका सचिव गिरीधारी पोखरेल, विरुवा गाउँपालिकाका अध्यक्ष नारायणशिंह गुरुङ, हरिनास गाउँपालिकाका अध्यक्ष प्रेम हमाल लगाएतले आफ्नो आफ्नो पालिकाको पार्टीको अवस्थाका पारेमा रिपोर्ट गरेका थिए ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्यन समिति स्याङ्जाका संयोजक प्रकाश न्यौपाने (किरण) ले जिल्लाभरको पार्टी संगठन, पार्टी नविकरणका गतिविधि र भावी कार्यक्रमका बारेमा जानकारी दिनुभयो ।

    सोही अवसरमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शोभाखर ढकाल, डिल्लीराम रिजाल, जेष्ठ कम्युनिस्ट मञ्च केन्द्रका सदस्य गिरधारी कोईरालालाई सम्मान गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024

    नेपाली कांग्रेस जिल्ला सम्मेलन माघ १० गते, सभापति देउवा लगायत शिर्ष नेताहरु स्याङ्जा आउने

    January 18, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.