स्याङ्जा ४ असार । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा जिल्ला स्तरीय र पालिका स्तरीय दु्रत प्रतिकार्य समूह तथा टोली गठन र परिचालन सम्बन्धी अभिमूखीकरण गरेकोे छ । आपतकालिन अवस्थामा माहामारी नियन्त्रण गर्ने उदेश्यले जिल्ला र पालिका स्तरीय द्रुत प्रतिकार्य समूह वा टोली गठन गरिएको हो ।
कार्यक्रममा समूह वा टोलीले गर्नुपर्ने काम, क्षेत्र र अधिकारका बारेमा जानकारी गराइएको थियो । जिल्ला तथा पालिका स्तरीय समूह गठन भैसकेका भए उनीहरु क्रियाशिल बनाउने तथा गठन नभएको भए तत्काल गठन गरी आवश्यक सामाग्री सहित तयारीमा जुट्न समेत प्रमुख जिल्ला अधिकारी शशीधर घिमिेरेले सुझाव दिनुभयो । उहाले यी सबै प्रक्रियाका लागि जिल्ला स्वास्थ्य कार्यालयले समन्वय गर्दै जिल्लाका ११ वटै पालिका अर्थात वडामा समेत समिति बिस्तार गर्न सकिने बताउनुभयो ।
यसैगरी, स्वास्थ्य कार्यालय प्रमुखको संयोजकत्वमा बढीमा ११ सदस्यीय रहनेगरी जिल्ला स्तरीय दूत प्रतिकार्य समूह गठन गर्न सकिने प्रावधान छ । समितिको सम्बन्धित पालिका स्थित मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृत, किटजन्य रोग नियन्त्रणका फोकल ब्यक्ति, ल्याब टेक्निसियन, अहेव÷हेअ, नर्स, अनमि, तथ्यांक अधिकृत, जिन्सि ब्यवस्थापक, महामारीका प्रकृति अनुसार बिभिन्न बिभाग, निकाय तथा सहयोगी संस्थाका बिज्ञ वा प्राबिधिक रहनेछन्
यस्तै, सम्बन्धित पालिकाका प्रमुख तथा अध्यक्षको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत, अस्पताल प्रमुख, विपद ब्यवस्थापन शाखा प्रमुअ, साझेदार संस्थाका बिज्ञ तथा प्राबिधिक सहित स्वास्थ्य प्रमुख सदस्य सचिव रहनेगरी पालिका स्तरीय दू्रत प्रतिकार्य समूह गठन गरिएका छन् । त्यस्तैगरी, प्राबिधिक सहयोग समन्वय गर्ने उदेश्यले स्थानीय दू्रत प्रतिकार्य टोली गठन गर्नुपर्ने स्वास्थ्य कार्यालय प्रमुख बशुन्धरा शर्माले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा जिल्लामा रहेको ठेउला, दादुरा, हाडे लगायतका बारेमा पनि जानकारी गराइएको थियो । बैशाख अन्तिम सातादेखि ठेउलाको प्रकोप देखिएता पनि अहिले नियन्त्रणमा आउने क्रम जारी रहेको प्रमुख शर्माले जानकारी दिनुभयो ।
अभिमूखीकरण कार्यक्रममा जिल्ला तथा पालिका स्तरीय दु्रत प्रतिकार्य समूह तथा टोलीमा संलग्न संयोजक तथा सदस्यहरुको सहभागिता थियो । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, प्रमुख प्रशासकिय अधिकृत, पालिकाका स्वास्थ्य शाखा प्रमुख, रेडक्रसकर्मी लगायतको सहभागिता थियो ।
प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण स्वास्थ्य प्राबिधिक पृथ्वी पोखरेलले गर्नुभएको थियो ।