स्याङ्जा ११ साउन । बढ्दो सडक दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले चालक र सहचालकको स्वास्थ्य परिक्षण गरिएको छ ।
चापाकोट नगर अस्पतालको सहयोगमा नगरमुकाम सुन्तलीटार बजारमा चालक र सहचालकको स्वास्थ परिक्षण गरिएको हो ।
चापाकोट नगरपालिका स्थित सुन्तलीटारमा संचालित सवारी चालक तथा सहचालकगरी बुधवार २३ जनाको स्वास्थ्य परिक्षण गरिएको प्रहरी जवान सतनप्रसाद धोवीले जानकारी दिनुभयो ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट चापाकोटमा सेवारत धोवीले ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी’ कार्यक्रम अन्र्तगत स्वास्थ्य जाँच गरेको जनाउनुभयो ।
बर्षायाम सुरु भएसंगै ग्रामिण सडकखण्डमा सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने जनाउदै सो का लागि ट्राफिक ब्यवस्थापन मिलाई जोखिम तथा दुर्घटना न्यूनीकरणका लागि यस्ता कार्यक्रम संचालन गरेको बताइएको छ।