स्याङ्जा ६ जेठ । पुतलीबजार नगरपालिका २ स्थित दुर्गादेवी सामुदायिक सिकाई केन्द्रको आयोजनामा साबुन बनाउने तालिम सम्पन्न गरेको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै पुतलीबजार नगर उपप्रमुख देवी अर्यालले महिलाका लागि अत्यावश्यक सामाग्री मध्येको साबुन बनाउने सीप तालिम दिएर सिकाई केन्द्रले उदाहरणीय काम गरेको बताउनुभयो । दैनिक उपयोगमा ल्याउनै पर्ने यस्ता सामाग्रीको बजार पनि राम्रो भएकाले गाउघरमै उद्यम संचालन गर्न सुझाव दिनुभयो । स्थानीय स्तरमै प्राप्त कच्चा पदार्थको उपयोग गरेर बनाइएका साबुन स्वास्थ्यका लागि लाभदायक रहेको जनाउनुभयो । यस्ता सीपमूलक तालिमलाई नगरपालिकाले पनि सहयोग गर्ने उहाले भन्नुभयो ।
कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख शोभाचन्द्र रेग्मी, वडा नं. २ का पूर्वअध्यक्ष एवं सिकाई केन्द्रका सल्लाहकार ख्यामनारायण पराजुली, वडा नं १ का सदस्य बिष्णुकुमार श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, स्याङा अपांग समाज स्याङ्जाा अध्यक्ष रामप्रसाद शमा, प्रशिक्षक शोभा कडेल, जैसीडाडा सामुदायिक सिकाई केन्द्रका परिचालिका शान्ति रेग्मी, तालिमका सहभागी लक्ष्मी पौडेल लगायतले तालिममा सिकेका सीपलाई आजआर्जन बढाउन सुझाव दिनुभयो ।
दुर्गादेवी सामुदायिक सिकाई केन्द्रका अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन समाजपरिचालक सपना खडकाले गर्नुभएको थियो । तालिमा पाती, घीउकुमारी, सिस्नो, कागती लगायतका सामाग्रीबाट नुहाउने, लुगा धुने सावुनसंगै फिनाइल, हार्पिक लगायतका सामाग्री बनाउन सिकाइएको थियो । तालिममा २५ जना महिला सहभागी थिए ।