स्याङ्जा १५ असोज । पुतलीबजार नगरपालिका वडा नं. २ स्थित दुर्गादेवी सामुदायिक सिकाई केन्द्र स्याङ्जाको आठौं बार्षिक साधारणसभा तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उदघाटन गर्दे नगरउपप्रमुख देवी अर्यालले सामुदायिक सिकाई केन्द्रले बिगत देखि सामाजिक सेवामा उत्कृष्ट कार्य गर्दे आएको जनाउनुभयो । आगामी दिनमा पनि केन्द्रसंग सहकार्य गर्दै रचनात्मक एवं आवश्यक कार्यमा सहकार्य गर्दे अघि बढ्ने उहाले बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, शिक्षक संघ नगर सचिव प्रकाश कोइराला, सूर्योदय साकोसका वचत प्रमुख मोतीप्रसाद मरासिनी, विरेन्द्रनगर टोल विकास संस्थाका अध्यक्ष युमाया कुवर लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा सिकाई केन्द्रका अध्यक्ष युवराज पराजुलीले आ.ब. ( २०७९÷०८० मा ४ लाख ३ हजार रुपैंयाको आयब्यय सार्वजनिक गर्नुभएको थियो । यसैगरी, आ.ब. २०८०÷०८१ को गरी करिब ६ लाख ८८ हजार बराबरको आगामी कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।

सोही कार्यक्रममा सूर्योदय साकोस स्याङ्जा बजारका सचिव श्यामकुमार श्रेष्ठ, बचत प्रमुख मोतीप्रसाद मरासिनी, केन्द्र प्रमुख अमृत मरासीनीले सहकारी शिक्षा सम्बन्धी बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
केन्द्रका अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव पवित्रा मरासिनीले गर्नुभएको थियो ।