Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 17
    Trending
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » दिर्घकालिन लक्ष्य लिई उत्पादनमा जोड दिनुपर्छ — सांसद थापा
    पुतलीबजार नगरपालिका

    दिर्घकालिन लक्ष्य लिई उत्पादनमा जोड दिनुपर्छ — सांसद थापा

    स्याङ्जा स्थित स्थानीयतह तथा बिषयगत कार्यालयहरुको आर्थिक बर्ष २०८०÷०८१ मा संचालित विकास निर्माण योजना बिषयक दुई दिने बार्षिक समिक्षा बैठक सोमबारदेखि स्याङ्जा सदरमुकाममा सुरु भएको छ ।
    Syangja SandeshBy Syangja SandeshSeptember 10, 2024Updated:September 10, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २४ भदौ । स्याङ्जा स्थित स्थानीयतह तथा बिषयगत कार्यालयहरुको आर्थिक बर्ष २०८०÷०८१ मा संचालित विकास निर्माण योजना बिषयक दुई दिने बार्षिक समिक्षा बैठक सोमबारदेखि स्याङ्जा सदरमुकाममा सुरु भएको छ ।

    जिल्ला समन्वय समिति स्याङ्जाको आयोजनामा भएको बार्षिक समिक्षा बैठकको संघिय सांसद राजु थापाले उदघाटन गर्दै पालिकाहरुले दिर्घकालिन लक्ष्य सहितको उत्पादनमा जोड दिई आर्थिकोपार्जनमा जुट्न आग्रह गर्नुभयो ।

    हिजोका जस्तै काम गरेर अब नहुने बताउदै उदार सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो । भौतिक पूर्वाधारका विकाससंगै जिल्लालाई आउदा दिनमा कस्ता कार्यक्रम गरेर अघि बढाउने हो, त्यसतर्फ सोचेर दिर्घकालिन योजना सहित अघि बढन सुझाव दिनुभयो ।

    जिल्लामा ठूला र गौरबका आयोजना नभएका बेला बैदेशिक सहयोगमा पुतलीबजार नगरपालिकामा संचालित दुई जिल्ला जोड्ने सडक निर्माणका लागि गरिएको अबरोधले उनीहरुका चेतनाको स्तरको मापन गरेको उहाले भन्नुभयो । शिक्षित जिल्लाका रुपमा ख्याती कमाएको स्याङ्जाका केही सामाजिक अगुवाहरु नै विकासमा बाधक बनेको बताउनुभयो ।

    ‘पालिका पालिकामा विकासका निर्माण भएकै छन् । ठुल्ठूला पालिकाका भवन बनेका छन् । घर घरमा सडक संजाल पुगेका छन् । मानिसका जीवन स्तर सुधे्रेको छ । तर, पनि गाउँघरमा मानिसको बसाई निकै कम हुदै गएको छ । कतै हामीलाई हाम्रै छोराछोरीले पनि विश्वास गर्न छाडेका त हैनन् ? स्वदेश छाडेर बिदेशी मोह जागेको छ । यसतर्फ तीन तहका सरकारले गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ ।’ सांसद थापाले भन्नुभयो ।

    विकास निर्माण, जनसंख्यासंगै एसईईको नतिजा हेर्दा शिक्षाको अवस्था खस्केको बताउदै सांसद थापाले जसका कारण विकास निर्माणमा समेत चुनौती थपिएको जनाउनुभयो ।

    विदेशी लगानी सुरक्षित गर्ने कानून नभएका कारण विदेशी लगानी आउन नसकेको उहाले भन्नुभयो । नेपालको बजेटले ठूलाठूला ब्यवसाय संचालन गर्न नसक्ने र विदेशी लगानी पनि सुरक्षित हुने अवस्था नभएकै कारण ठूला ब्यवसायीले लगानी गर्न नसकेको जिल्ला सभापति समेत रहनु भएका थापाको भनाई हो ।

    बैठकमा गण्डकी प्रदेश लेखा समिति सभापति सुधिर पौडेल, पुर्वमन्त्री सीता सुन्दास, कास्की जिल्लाका समन्वय समितिका प्रमुख लिलाधर पौडेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, स्याङ्जाका उपप्रमुख खड्कराज सुवेदी लगायतले जिसस र स्थानीय पालिकाको भूमिका सहित उत्पादन सहितको आर्थिकोपार्जनमा जोड दिनुपर्ने बताउनुभयो ।

    पहिलो दिनको बैठकमा कालीगण्डकी, फेदिखोला, हरिनास, बिरुवा गाउँपालिका सहित भीरकोट नगरपालिका लगायत लगायतका केही कार्यालयले आ—आफ्नो बार्षिक प्रगती उपलब्धी प्रस्तुत गरेका थिए ।

    जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी उदय पराजुलीले गर्नुभएको थियो । सोमबार प्रस्तुत गर्न वाँकी रहेका स्थानीय पालिकाले मंगलबार प्रस्तुत गरेसंगै समिक्षा बैठक सकिने भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.