सर्लाही, २९ जेठ । सर्लाहीको दक्षिणी भेगका ग्रामीण बस्तीमा अझैपनि परम्परागत गुइँठाको प्रयोग भैरहेको छ । नजिक जङ्गल नभएका बस्तीहरुमा पशुचौपायको गोबरबाट गुइँठा बनाएर आगो बाल्ने गरिएको हो ।
गोडैता, बरहथवा, बसबरिया, चक्रघट्टा, विष्णु, ब्रसदरमुकाम मलङ्गवा सहित कौडेना, बलरा, ह्मपुरी, पर्सा, हरिपूर्वा लगायतका स्थानीय तहको प्रत्येक जसो बस्तीमा अधिकांश स्थानीयले खानाबनाउन गुइँठाको प्रयोग गर्दै आएका छन् ।
बजारक्षेत्र र विकासउन्मुख बस्तीमा एलपीग्याँस र बिजुलीबाट खानापकाउने उपकरणको प्रयोग बढेपनि ग्रामीण बस्तीमा भने अहिलेपनि गुइँठाकै प्रयोग भैरहेको हो ।
दाउराको अभावमा दक्षिणी ग्रामीण बस्तीमामानिसको शवजलाउन समेत गुइँठाको प्रयोग हुने गरेको छ ।