स्याङ्जा, १९ असार । वालिङ नगरपालिकाले दलित समुदायको लागीपञ्चे बाजाका सेट, सिलाई मेसिनहरु प्रदान गरेको छ ।
विभिन्न धार्मिक कार्यमा विशेष गरी विवाह प्रतबन्धमा प्रयोग हुँदै आएको पञ्चेबाजा पछिल्लो समय आधुनिकताका कारण र नयाँ पुस्तामा पुख्र्यौली पेशामा रुचि बढाउने उदेश्यले ती सामाग्री प्रदान गरिएको हो ।
दलित समुदायलाई आयआर्जन संग जोड्न तथा परम्परागत पुख्यौली पेशालाई निरन्तरता दिन चाहानेहरुका लागी अनुदानमा पञ्चेबाजा र सिलाई मेसिनहरु प्रदान गरेको उपप्रमुख कविता तिवारी गैह्रेले बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले नगरभित्रका पञ्चे बाजा बजाउने समुह, शिलाई व्यवसायगर्दै आउनुभएका उद्यमीहरुका लागी मागको आधारमा आधुनिक शिलाई मेसिनहरु उपलब्ध गराईएको बताउनुभयो ।
नगरभित्रका ६७ जनाले उक्त मेशिनहरु पाएका छन् । एक समुहलाई पञ्चेबाजा सेट, ६ जनालाई जुत्ताशिलाउने आधुनिक मेसिन २८ जनालाइ कपडा सिलाउने मेसिन र अन्यले आरन पंखा, वल्डीङ मेसीन र जस्तापाता प्राप्त गरेको नगरपालिकाले जनाएको छ ।