स्याङ्जा, ११ माघ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत २० औं संस्करणको आज भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।अब सेमिफाइनलमा आर्मीले मनाङ मरस्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाँच पटकको च्याम्पियन थ्री स्टार भने बाहिरिएको छ । पोखरा रंगशालामा आर्मीलाई जित दिलाउन राजिब गुरुङले निर्णायक गोल गर्नुभएको थियो ।
मनाङ नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ । जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ, प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।