स्याङ्जा ३२ जेठ । पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालयले शुक्रवार छात्रबृत्ती सहित पाठ्यपुस्तकका रकम वितरण गरेको छ ।
पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले छात्रछात्रालाई ७० हजार बराबरको रकम प्रदान गर्नु भएको हो । कक्षा एकदेखि १० कक्षासम्म अध्ययरत ७० जना बिद्यार्थीलाई सो रकम प्रदान गरिएको छ ।
सो रकम हस्तान्तरण गर्दै प्रमुख रेग्मीले नगरपालिका शिक्षाप्रति संवेदनशील रहेको बताउनुभयो । पालिकाको लक्ष्य र भावना बमोजिम अभिभावक, शिक्षक, बिद्यार्थीले पनि सो कुरा मनन् गर्दै अध्ययनतर्फ रुचीको बिषय बनाउन सुझाव दिनुभयो । सबैको साथ र सहयोगले मात्र बिद्यालयले गति लिने उहाको भनाई छ ।
प्रमुख रेग्मीले भन्नुभयोे, ‘आफुले सब— इन्जिनियरिङ् पढ्ने ३ बर्षे कोर्ष मध्ये बिद्यार्थीका लागि आधा रकम पालिकाले तिरिदिनेगरी नगरपालिकाका १४ वडाका २८ जनालाई सो सुबिधा प्रदान गरेको छ । यसैगरी, संघिय सरकारले खाजा वापत उपलब्ध गराउदै आएको १५ रुपैंयामा पुतलीबजार नगरपालिकाले १० रुपैंया थप गरेको छ ।’
आगामी दिनमा पनि बिद्यालय तथा क्याम्पसको शैक्षिक गुणस्तर बृद्धिका लागि पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
उपप्रमुख देवी अर्यालले बिद्यालयप्रतिको शैक्षिक साख र गरिमा कायम राख्दै जिल्लाकै नमूना बिद्यालय बनाउन सुझाव दिनुभयो ।
कार्यक्रममा अभिभावक नारायण गिरी, बिद्यालय ब्यवस्थापन समितिका सदस्य करुणा पौडेल क्षत्री लगायतले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि सुझाव दिनुभएको थियो ।
अक्षयकोष दाताद्धारा राखिएका अक्षयकोषबाट आर्जित ब्याजले प्रत्येक बर्ष बिद्यालयमा अध्ययरत जेहेन्दार बिद्यार्थीलाई प्रदान गरिदै आएको छ । आर्थिक अवस्थालाई ध्यान दिदै छात्रबृत्ति रकम प्रदान गरिने गरिएको प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
अभिभावक संघका अध्यक्ष बिष्णुकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालयका गतिबिधि सहित कार्यक्रमका बारेमा प्रअ मुक्तिप्रसाद रेग्मीले जानकारी गराएका थिए भने सहायक प्रधानाध्यापम प्रेम पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।
यसैगरी, सोही कार्यक्रममा छात्रबृत्ती वापत ७० हजार र पाठ्यपुस्तक वापत ७ लाख ६ हजार १६७ रुपैंया बिद्यार्थीलाई उपलब्ध गराइएको छ ।
स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आर्दश माध्यमिक बिद्यालय अहिले प्रस्तावित नमूना बिद्यालयको रुपमा रहेको छ । यहाँ शिशू कक्षादेखि प्लस टु सहित डिप्लोमा सब इन्जिनियरसम्मका पढाई हुन्छन । करिब १ हजार ५ सय जना बिद्यार्थी र झण्डै सय जना शिक्षक तथा कर्मचारी रहेको बिद्यालयले जनाएको छ ।