Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » त्रिकोणात्मक क्रिकेट श्रृंखला स्थगित
    खेलकुद

    त्रिकोणात्मक क्रिकेट श्रृंखला स्थगित

    Syangja SandeshBy Syangja SandeshJune 26, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ १२ असार । जुलाईमा तय भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय श्रृंखला स्थगित भएको छ । स्पेनमा हुने भएको नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको एकदिवसीय शृंखला कोरोना भाइरसका कारण स्थगित भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार विज्ञप्ती जारी गर्दै सन् २०२२ को जुलाईसम्मका लागि श्रृंखला स्थगित भएको जनाएको हो । कोरोनाकै कारण स्कटल्यान्डबाट स्पेनमा सारिए पनि शृंखला हुन सकेन । नामिबियामा कोरोना भाइरसको संक्रमण उच्च दरमा बढेको र त्यहाँको सरकारले पनि अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएको कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले खेल स्थगित गरेको हो ।

    श्रृंखलाका लागि नेपालले बन्द प्रशिक्षण पनि सुरु गरिसकेको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा गत मंगलबारबाट नेपालले २० खेलाडी समावेश गर्दै प्रशिक्षण सुरु गरेको थियो । आइसिसी विश्वकप क्रिकेट लिग–२ का लागि नेपालका प्रशिक्षक डेभ ह्वाटमोरले तयारी थालेका थिए । नेपालको जिम्मेवारी समालेको आफ्नो पहिलो प्रशिक्षणमा नेपालले घरेलु भूमिमा नेदरल्यान्ड र मलेसियासँगको त्रिकोणात्मक ट्वान्टी–२० श्रृंखलाको उपाधि उचालेको थियो ।

    लिग–२ अन्तर्गत नेपाल घरेलु मैदानमा ओमान र अमेरिका सँग चार खेल खेल्दा चार अंकसहित छैटौं स्थानमा छ । ओमान १० खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । लिग–२ अन्तर्गत नै ओमानमा तय नेपाल, ओमान र अमेरिकाबीचको श्रृंखला पनि कोरोनाका कारण स्थगित भएको थियो ।सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप छनोटको आधार रहेको लिग–२ प्रतियोगिताको शीर्ष तीनमा अटाउन सकेको खण्डमा नेपालले ग्लोबल छनोट खेल्ने मौका पाउनेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    बैशाख १६ देखि चापाकोटमा पालिका स्तरीय टी—१५ क्रिकेट प्रतियोगिता हुने

    April 23, 2025

    पुतलीबजार मेयर कपको उपाधी ठुलाडिही र पेल्काचौरलाई

    April 16, 2025

    पुतलीबजारमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

    April 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.