स्याङ्जा, ६ चैत । डिप्लोमा इन्जिनियर्स एशोसियसन नेपाल स्याङ्जाको नवौं अधिवेशनले पुन ः इन्जिनियर अरुण पौडेलकै अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा सन्तोष सुवेदी, सचिवमा विपन थापा, सहसचिवमा अनुषा राना, कोषाध्यक्षमा रोशन श्रेष्ठ लगायत निर्विरोध निर्वाचित हुनु भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । संघिय सांसद नारायणप्रसाद मरासीनीले सो अधिवेशनको उदघाटन गदैं इन्जिनियर्सहरु बढी जिम्मेवारभई विकास निर्माणका कार्य गर्नुपर्ने बताउनुभयो । मुलुकको दिगो र समुन्नत विकास निर्माणमा इन्जिनियरहरुको महत्वपूर्ण भूमिका रहने जनाउदै यहााँका इन्जिनियरद्धारा माग गरेका काउन्सिल गठनका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा पुतलीबजार उपप्रमुख महेश पुरी, नेपाल डिप्लोमा इन्जिययर्स एशोसियशनका केन्द्रिय उपाध्यक्षका भीमप्रसाद सुवेदी, पुतलीबजारका प्रमुख प्रशासकिय अधिकृत रमेश घर्ति, पेशागत महासंघका जिल्ला अध्यक्ष यज्ञ पौडेल, नेकपा एमाले नगर अध्यक्ष भरत गोदार लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सो अवसरमा प्ूार्व अध्यक्ष एवं इन्जिनियरहरु तारानाथ पौडेल, प्रकाश पोैडेल, दर्पण पौडेल, पूर्वबहादुर रानालाई सम्मान गरिएको थियो ।