Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 22
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » डिजिटल प्रबिधिको सहि उपयोगले शुसासन हुने — प्रमुख जिटी
    पुतलीबजार नगरपालिका

    डिजिटल प्रबिधिको सहि उपयोगले शुसासन हुने — प्रमुख जिटी

    Syangja SandeshBy Syangja SandeshMarch 20, 2023Updated:March 20, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ चैत । स्याङ्जामा आइतवार दुरसञ्ंचार तथा सूचना प्रबिधिको योगदान बिषयक अन्र्तक्रिया गरिएको छ ।
    ए.एस. शोलुसन्स प्रालिको आयोजना तथा नेपाल दुरसञ्चार प्राधिकरणको सहकार्यमा अन्र्तक्रिया गरिएको हो ।


    अन्र्तक्रियाको उदघाटन गर्दे जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले राज्यले सबै नागरिकलाई सञ्चार डिजिटल प्रबिधिको सहि उपयोग गर्दै मुलुकमा सुशासन कायमगरी सार्वजनिक सेवा प्रवाह र आर्थिक समृद्धिको बाटोमा रुपान्तरण गर्ने लक्ष्य लिएको बताउनुभयो ।


    प्रबिधिमैत्री राज्यको सोच अनुरुप अघि बढ्ने लक्ष्यका साथ अघि बढेका मुलुकका प्रबिधि सम्बन्धी ज्ञान भएका युवाजमात बिदेशिन वाध्य हुनुपर्ने अवस्था दुखदायी रहेको उहाले बताउनुभयो ।
    उहाले भन्नुभयोे, ‘सुशासन, अर्थतन्त्रको सवलीकरण, दिगो विकासका लक्ष्य हासिल गर्न, आम नागरिकलाई सार्वजनिक सेवा सरल र सहज बनाउन समेत प्रबिधिको उपयोग आवश्यक छ । प्रबिधिको सहि उपयोग गर्नुपर्छ । ’


    कार्यक्रममा दुरसञ्चार प्राधिकरण योजना शाखा प्रमुख एवं उपनिर्देशक सूर्यप्रसाद लामिछाने र सूचना तथा प्रबिधि मन्त्रालयका उपसचिव शिवप्रसाद पोखरेलले डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी र डिजिटल नेपाल कार्यान्वयनका अवस्थाका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


    डिजिटल नेपाल फ्रेमबर्कमा ८ क्षेत्र सहित ८० वटा बिभिन्न पहलहरु रहेको बताइएको छ । डिजिटल फाउण्डेशन अन्र्तगत १९, कृषिमा ११, स्वास्थ्यमा , शिक्षामा ८, उर्जामा ९, पर्यटनमा ७, बित्तमा ८ र शहरी पूर्वाधारमा ११ वटा भिन्दाभिन्दैगरी पहलहरु रहेको र सबैक्षेत्रलाई समेटिएको कार्यपत्र प्रस्तुतकर्ता उपसचिव पोखरेलले जनाउनुभयो ।


    विस २०७६ कात्तिक ५ गते मन्त्रिपरिषदबाट स्वीकृत प्राप्त फ्रेमवर्क पन्ध्रौं योजनामा समेत समावेश छ । अल्पकालिन, मध्यकालिन र दिर्घकालिन ३ चरणमा समयसीमा तोकि कार्यक्रम कार्यान्वयनकै अवस्थामा रहेको छ ।


    आवश्यक सेवा सुचिकरणमा समावेश गरिएको, स्पेक्ट्रम उपलब्धता र नया ब्यवस्थापनमा सुधार भएको, फाइभ जी नेटवर्कको विस्तारको परिक्षण सुभारम्भ गरिएको, अप्टिकल फाइबवर नेटवर्क विस्तार भैरहेको, गर्भमेन्ट इन्टरप्राइजेज आर्किटेक्चर कार्यान्वयनमा रहेको, राष्ट्रिय साइवर सूचना केन्द्र स्थापना, सार्वजनक वाइफाई हटस्पटका विस्तार गरिएको, उच्च गतिको इन्टरनेट सेवा प्रवाह, बहुभाषिक हेल्पलाईन, नागरिक एप जस्ता बिबिध कार्यहरु कार्यान्वयनमा रहीरहेको जानकारी गराइयो ।
    सोही कार्यक्रममा दुरसंञ्चार उपभोक्ता, बिद्यालयका शिक्षक, बिद्यार्थी, सेवा प्रदायक कम्पनी, पत्रकार र बिभिन्न क्षेत्रका सहभागीले इन्टरनेटका आवश्यकता, चुनौती र समस्याका बारेमा आ आफना राय सुझाव दिनुभयो ।


    शिक्षक शिव ढकाल, पर्यटन कार्यालय स्याङ्जाका ठाकुरप्रसाद पौडेल, इन्टरनेट संचालक जोगराज पाठक, पत्रकार ओमप्रकाश शर्मा, प्राध्यापक सोमनाथ लम्साल, उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, शिक्षक रामचन्द्र उपाध्याय, इन्जिनियर नवराज दोरंगाा लगायतले इमेल इन्टरनेटको सेवामा सहज र सरल पहुँच सहित कम मूल्यमा सबै नागरिकलाई सो सुबिधा उपलब्ध गराउनेगरी राज्यले तत्काल काम गर्नुपर्ने सुझाव दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.