काठमाण्डौं, २२ असार । पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गर्नुभएको छ । पौडीको तयारीका लागि दुवै जना टोकियोतर्फ लाग्नुभएको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ ।सिंह र शाहले आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट पौडी खेलमा प्रतिस्पर्धा गर्नुहुनेछ । यस्तै टोकियो ओलम्पिकमा सहभागी हुन एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट केही दिनमा जापान जाने कार्यक्रम छ । चौधरीले एथलेटिक्सको महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ ।
Monday, November 25
Trending
- उद्योग दिवसमा स्याङ्जाका ५ युवा उद्यमीलाई सम्मान
- नेपाली कांग्रेस स्याङ्जाद्धारा क्रिकेट खेलाडी र संघलाई नगद सहित सम्मान
- अर्जुनचौपारीद्धारा महिला क्रिकेट खेलाडीलाई नगद सहित सम्मान
- पुतलीबजार नगरपालिका १ कार्यालयद्धारा क्रिकेट खेलाडीलाई सम्मान
- पुतलीबजार नगरपालिकाले आउदो नगरसभामा क्रिकेट महिला खेलाडीलाई सम्मान गर्ने
- रोशनी माविद्धारा ४ खेलाडी रअध्यक्ष सहितलाई सम्मान
- खुमा अर्याल फाउण्डेसनद्धारा जनही एक लाख नगद सहित खेलाडी सम्मान र स्वास्थ्य शिविर
- ‘नेपाली काँग्रेसकोे सय दिने बिशेष अभियान स्याङ्जामा सुरु’