स्याङ्जा, ९ मङसिर । पुतलीबजार नगरपालिका १ मा ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले स्रष्टा÷द्रष्टा सम्मान, पुरस्कार बितरण तथा ज्याग्दीखोलाको तरङग–३२ को लोकापर्ण कार्यक्रम गरेको छ ।
यहाँ ज्याग्दीखोला साहित्य–कला पुरस्कारले कबि पोषराज पौडेल, विश्वराधानेत्रा साहित्य पुरस्कार २०८० ले साहित्कि व्यक्तित्व डागोविन्दप्रसाद शर्मा(सुकुम) र कथाकार वनमाली निराकारलाई ज्याग्दीखोला साहित्य सम्मान–२०८० ले सम्मान गरिएको छ ।
२०७६ सालमा हरेक बर्ष प्रदान गर्ने गरी प्रतिष्ठान स्याङ्जाले स्थापना गरेको १० हजार राशीको साहित्य–कलाबाट पुरस्कृत ७९ बर्षिय पौडेल कास्की, पोखराको घार्मीमा जन्मनु भएको थियो ।
खण्डकाव्य, जीवनी, काब्य, कबिता लगायतका दुई दर्जन पुस्तक प्रकाशित गर्नु भएका पौडेल गण्डकी वाङ्मय पुरस्कार, मदनमोहन स्मृति पुरस्कार लगायतका पुरस्कार सम्मानित भैसक्नु भएको छ ।
यस्तै प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालले मातापिताका नाममा २०७५ सालमा स्थापित १५ हजार राशीको विश्वराधानेत्रा साहित्य पुरस्कारले तिन दशकभन्दा बढी समयदेखि निरन्तर साधनारत साहित्यकार डाक्टर शर्मालाई प्रदान गरिएको हो ।
चार जना सहित्यकार सम्मानित यो पुरस्कार समाजवादी यथार्थवाद अथवा आलोचनात्मक यथार्थवादी धारामा कलम चलाउने स्रष्टा–द्रष्टालाई प्रदान गरिँदै आएको हो ।
प्रगतिवादी साहित्यको उन्नयनमा समर्पित हुँदै समालोचना, निबन्ध, आख्यान, कविता लगायतका विधामा कलम चलाउँदै आउनु भएका सुकुमका ३४ भन्दा बढी सिर्जनात्मक, समालोचनात्मक तथा अनुसन्धानमूलक कृतिहरु प्रकाशित भएका छन् भने एक दर्जन पुरस्कार प्राप्त गर्नु भएको छ ।
यस्तै २०७४ सालमा प्रतिष्ठानले स्थापना गरेको साहित्य सम्मानले सम्मानित निराकार २००६ चैत्रमा पाल्पाको तानसेनमा जन्मनु भएको थियो ।
आधुनिक नेपाली कथा हस्तिका रुपमा परिचित वनमालीका पाचँ वटा कथासंग्रह प्रकाशित भएका छन् । यस सम्मानबाट यसअघि छ जना साहित्यकार सम्मानित भै सहेका छन् ।
३२ वटै कथा, कविता, लघुकथा, निबन्ध लगायतका रहेको ज्याग्दीखोलाको तरङग–३२ को भिम रानाभाटले चर्चा गर्नु भएको थियो ।
पुरस्कार बितरण तथा ज्याग्दीखोलाको तरङग–३२ को लोकापर्ण प्राडा ताराकान्त पाण्डेले गर्नु भएको थियो ।
कार्यक्रममा पुर्वमन्त्री त्रिलोचन ढकाल, सांसद धु्रब लम्साल, साहित्यकार बिश्वप्रेम अधिकारी, चिन्तु गिरी, नारायण मरासीनी लगायतले मन्तब्य राख्नु भएको थियो ।