स्याङ्जा १९ साउन । मित्र समाज काठमाण्डौंको आयोजनामा शनिवार स्याङ्जामा जलबायू परिवर्तनका प्रभाव र मानव बन्यजन्तु आक्रमणका बारेमा स्याङ्जामा अन्तरक्रिया गरिएको छ ।
अन्तरक्रियामा बोल्दै उपप्रमुख देवी अर्यालले जलवायू परिवर्तनले जैबिक विबिधताले पारेको प्रभावबारे जानकारी गराउनुभयो । उहाले बनजंगलमा बस्ने प्राणिका बास र गास मानिसले खोस्न थालेपछि जंगली प्राणी खाना, पानीको खोजीमा घर तथा बजारसम्म झर्न थालेको बताउनुभयो ।
सहरबजारसम्म झरेका बन्यजन्तुले मानिसलाई आक्रमण गर्ने, घाईते र ज्यानै लिने सम्मका हर्कत गर्न थालेको भन्नुभयो ।
स्याङ्जामा बन्जजन्तुको आक्रमण दिनप्रतिदिन बढ्दो रुपमा रहेता पनि स्थानीय पालिकाले समाधान गर्न नसकेको बताउनुभयो । बन्यजन्तुका आक्रमण बढेसंगै किसानका समस्या र दुख पनि उत्तिकै बढेको जनाउदै क्षतिपुर्ति र राहत वितरण तीनै तहका सरकारले ठोस निति ल्याउनु पर्नेमा जोड दिनुभयो । आगामी दिनमा स्थानीय पालिकाले यस बिषयमा गम्भीर भएर लाग्ने उहाले बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, आपसी सहयोग केन्द्र नेपालका निर्देशक हरिप्रसाद ढकाल, गैरसरकारी संस्था महासंघका अध्यक्ष गोविन्दप्रसाद शर्माm बनउपभोक्ता महासंघका उपाध्यक्ष तिलकुमारी रेग्मी लगायतले शिक्षा, स्वास्थ्य र रोजगारको बहानामा बसाई सराई जानथालेपछि खेतबारीसम्म झाडी बढ्दा बाँदर, चितुवा, दुम्सि लगायतको आक्रमण समेत बढेको छ। बनजंगलका खानेकुरा खाएर बाच्ने बन्यजन्तुका आहारा नभेटेकै कारण बस्तीसम्म आउन वाध्य भएकोमा जोड दिनुभयो ।
मित्र समाजका काठमाण्डौंका कार्यक्रम सहजकर्ता सुवोध गौतमले अन्र्तक्रियामा सहभागीले वातावरणीय समस्या र जलवायू परिवर्तनका असरले मानव जीवनमा पारेको प्रभाव, बन्यजन्तुको चोरी शिकारी हुने गरेको, बन्यजन्तुको संरक्षणका लागि जंगलमा उनीहरुका लागि आवश्यक वासस्थान , पानी सहित खानेकुराको व्यवस्थापन, कृषि तथा पशु बिमा लगायत क्षतिपूर्तिका ब्यवस्था लगायतका बिषयलाई गहन रुपले उठाएको बताउनुभयो ।