स्याङ्जा २ असार । जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा नेपाली कांग्रेसका श्रीप्रसाद जिटी र उपप्रमुखमा नेकपा एमालेका खडगराज सुवेदी लगायतका ९ सदस्यले बुधवार सपथ ग्रहणसंगै पदबहाली गरेका छन्।
जिल्लाका ११ पालिकामा प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा काँग्रेस र एमालेले ११÷११ मतभार भएपछि दुई राजनीतिक दलबीचको छलफलपछि जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखको लागि गोलाप्रथाबाट चयन गरिएको हो।
गोला तान्दा नेपाली कांग्रेसले जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा श्रीप्रसाद जि.टी. र ३ जना सदस्य र नेकपा एमालेले उपप्रमुख सहित ४ सदस्य पाएपछि सोही बमोजिम पद बिभाजनगरी ४ दिनअघि उम्मेदवारी दर्ता गरिएको थियो।
यसैगरी, नेपाली कांग्रेसतफृका सदस्यमा नेमबहादुर राना, सरस्वती बगाले र गीता खाँण र नेकपा एमालेले उपप्रमुखमा अन्य सदस्यमा कृष्णप्रसाद सुबेदी, भोजबहादुर दर्लामी, निरमाया पराजुली र निर्मला सार्की छन्।
उनीहरु सबैका एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका उनीहरुको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश बसन्तराज पौडेलले बुधवार प्रमाणपत्र बितरण सहित सपथ ग्रहणको औपाचारिक कार्यक्रमको आयोजना गरेर स्थानीय तहको निर्वाचनका सबै काम सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको जनाउदै सहयोग गर्नै सबैप्रति धन्यवाद ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जि.टी, उपप्रमुख खडगराज सुवेदीले जनतमतको कदर गर्दे हरेक विकास निर्माणका कार्यमा समनवयात्मक भूमिका रहने प्रतिवद्धता जनाउनुभयो ।
यसैगरी, निवर्तमान प्रमुख सीता सुन्दास, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, नेकपा एमालेमा अध्यक्ष सुर्यप्रसाद गैहै (पारस), नेपाली कांग्रेसका उपसभापति केदार काफले, माओवादी केन्द्रका कल्पना अर्याल, जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्य, जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद पौडेल लगायतले समन्वयकारी भूमिका लागि प्रभावकारी बनाउदै समग्र जिल्लाको विकासमा दुबै राजनीतिक दलबीच सहकार्य र एकता गर्दै अघि बढ्नुपर्नेमा जोड दिदै आवश्यकता अनुरुप सहयोग गर्ने बताउनुभयो ।
प्रमुख जिटी नेपाली काँग्रेस स्याङ्जाका पूर्व सभापति हुनुहुन्छ । प्रजातन्त्र स्थापनाका लागि पटक–पटक जेल परेका उनी काँग्रेसका संस्थापक नेता वी.पी. कोइरालासँगै मुद्दा परेको थियो । स्याङ्जा बम काण्डका एक साक्षी हो । ७३ बर्षिय जिटीको राजनीतिक यात्रामा ३ बर्ष जेल जीवन बिताउनुभएको छ ।
सुवेदी ५० बर्षिय सुवेदीको राजनीतिक यात्रा २०४३ सालमा अनेरास्वीयूको राजनीति गदैृ हाल नेकपा एमाले जिल्ला सचिवालय सदस्य हुनुहुन्छ । उहा नेकपा एमाले संघ अन्र्तगत क्षेत्र नं १ का अध्यक्ष पनि हो ।
Friday, January 31
Trending
- लागु औषध सहित १९ बर्षिय सेन्चुरी पक्राउ
- पुतलीबजारका एक हजार ७२० लाई एचपिभी खोप लगाइदै
- पुतलीबजारले एक सय २० वटा हाते टयाक्टर बितरण
- गल्याङमा मगर भाषा अर्थात अक्खा लिपि प्रशिक्षण
- पञ्चकन्या मन्दिर स्थित नवग्रह मन्दिर ब्यवस्थापन समिति अध्यक्षमा भरत
- सुरक्षा परिषद प्रताव नं. १३२५ र १८२० का बारे स्याङ्जामा अन्तर्रक्रिया
- पूर्व शिक्षामन्त्री मेखलाल श्रेष्ठद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
- भूमि समस्या समाधान आयोग स्याङ्जाका अध्यक्ष तारा शर्माद्धारा पद बहाली