काठमाडौं ३ असोज । त्रिकोण डेनमार्क एवं आस्क नेपालको साझेदारीमा स्याङ्जा र काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन भेरहेको एकिकृत ग्रामीण सहयोग कार्यक्रम अन्तरगत डेनमार्कबाट प्राप्त अत्यावस्यक स्वास्थ्य सामाग्री जिल्ला अस्पताल स्याङ्जालाई हस्तान्तरण गरिएको छ ।
सामाग्री हस्तान्तरण गर्दै स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धता शर्मा,मेडिकल सुपरिटेन्डेन डा रमेश आचार्य, आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका अध्यक्ष रुकुमदत्त शर्माले अस्पतालका लागि उपयोगी स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा त्रिकोण डेनमार्क र आस्क नेपाललाई धन्यवाद दिनुभयो ।
उहाहरुले प्राप्त स्वास्थ्यजन्य सामाग्रीको सहि सदुपयोग हुने बताउनुभयो ।
डेनिस नागरिक क्रिष्टियन क्रुस साथै डेनिस स्वास्थ्यकर्मी ब्रिगिट क्रुस र एनिट वेरवर्गको बिशेस सकृयतामा त्रिकोण डेनमार्कबाट प्राप्त भएका वाल्कर बुट, स्प्रिङ हेन्ड सेट, ब्लड ब्याग, सिरिन्ज, एप्रोन, पञ्जा, अक्सिजन मास्क, कटन, ड्रेसिङ सेट, प्याम्पस, प्याड लगायतका ५५ प्रकारका ९७४ सेट सामाग्री प्रदान गरेको आक्स नेपालले जनाएको छ ।
आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम प्रमुख हरीप्रसाद ढकालले र स्वागत सदस्य लालु कोईरालाले गर्नुभएको थियो ।