स्याङजा, १९ जेठ । पुतलीबजार नगरपालिका १ लगनतुम निवासी जिम्मालबुवा अर्थात शालिकराम लम्सालको निधन १३ दिनको पुण्यतिथी पारेर बुधवार शोकसभा गरिएको छ ।
नेपाली कांग्रेस वडा कार्यालयको आयोजनमा आयोजित शोकसभामा बोल्दै नेपाली कांग्रेसका महासमिति सदस्य एवं संबिधानसभा सदस्य राजु थापाले नेपाली कांग्रेसको संगठन बिस्तारमा जिम्मालबुवाले पुरयाउनु भएको योगदानको चर्चा र स्मरण गराउनुभयो । उहाँले जिम्मालबुवाको प्रेरणा र मार्गदर्शन भोलीसम्मका लागि प्रेरणादायी बन्ने बताउनुभयो ।
शोकसभामा महासमिति सदस्य हिरादेवी शर्मा, कांग्रेस नेता चन्द्रमणी पौडेल, छोरा भोलानाथ लम्साल लगायतले उहाका जीवनीका बारेमा बोल्दै एक कुशल अभिभावक गुमेकोमा दुख ब्यक्त गर्दे नेपाली कांग्रेस परिवारलाई अपुरणीय क्षति पुगेकोमा जोड दिनुभयो ।
शोक सभामा नाति डार्विन लम्सालले हजुरबुवाका जीवनी, कर्म र योगदानका बारेमा जानकारी गराउनुभएको थियो ।
नेपाली कांग्रेस वडा सभापति उत्तमप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन वडा सदस्य बिष्णुप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
स्वर्गिय जिम्मालबुवाको ९७ बर्षको उमेरमा आफनै निवासमा निधन भएको हो । उहाँका ३ पत्नी ७ छोरा र बुहारीहरु, ३ छोरी र ज्वाईहरु र दर्जनौं नातिनातिना छन।
नेपाली कांग्रेसका कट्टर समर्थक उहाँ नेपाली कांग्रेसले संचालन गरेको सत्याग्रहमा अनसन बस्नु भएको थियो ।