काठमाण्डौं १५ कात्तिक । स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरु जलवायु परिवर्तनसँग कसरी लड्ने भन्ने बारे बहसमा जुटेका छन् ।
जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेका मुलुक, आद्योगिक राष्ट्र र कार्बन उत्सर्जनलाई घटाउन कदम चालिसकेका मुलुकका नेताहरुले आ–आफ्नो दृष्टिकोण राखिरहेका छन् । चीन, भारत र ब्राजिल लगायत प्रमुख अर्थतन्त्रहरूले कोइला र वन फँडानी जस्ता मुद्दाहरूमा आफ्नो प्रतिबद्धतालाई कडा पार्न दबाबको सामना गर्नु पर्ने देखिएको छ ।
कम विकसित देशहरूले जलवायु परिवर्तनको विनाशकारी प्रभावहरूको सामना धनी राष्ट्रले दिने भनेको आर्थिक सहयोगको प्रतिज्ञा पूरा गर्न दबाव दिने रणनीति बनाएका छन् । सम्मेलनको आयोजक बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विश्व निकै संवेदनशील घडीमा पुगेको प्रतिक्रिया दिनुभएको छ ।