स्याङ्जा ३१ भदौ । बौद्धिक अपाङ्गता भएका एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २ युवा पक्राउ परेका छन ्।
पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका ८ डाँडास्वाराका २५ बर्षे सुवास गुरुङ र २७ बर्षे मदन गुरुङ रहेको प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयो ।
आफनै घरमा बसिरहेकी ती महिलालाई ११ दिनअघि उनकै घरमा गएर दिउसो ३ बजतिर जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ। आरोपित दुबैजना घटना घटेको ९ दिनपछि पक्राउ परेका हुन ्।
आरोपित दुबै जना बिरुद्ध जबरजस्ती करणीमा मुद्धा दर्ता भएको छ। जिल्ला अदालतबाट म्याद थप भै अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।