स्याङ्जा, २९ असोज । भीरकोट नगरप्रमुख र निवर्तमान सभापतिले आफनो जन्मदिनका दिन कारागार शाखालाई टेलिभिजन प्रदान गर्नुभएको छ ।
नगरप्रमुख छायाँराम खनाल र नेपाली कांगस्रेका निवर्तमान नगर सभापति तोयनाथ अर्यालले आफनो जन्मदिनका दिन यहाँका कैदीवन्दीलाई लक्षित गर्दे एउटा रंगीन टेलिभिजन हस्तान्तरण गर्नुभएको हो ।
टेलिभिजन हस्तान्तरण गर्दै निवर्तमान सभापति अर्यालले बदलिदो अवस्थाका बारेमा सूसूचित होउन भन्ने उदेश्यले टेलिभिजन प्रदान गरिएको जानकारी दिए। साथै, उनले बन्दीलाई टेलिभिजनको उपयोगले एक्लोपनलाई केही कम गराउने बताउनुभयो ।
यसैगरी, शौचालय तथा बायोग्यास निर्माणका लागि खनिएको खाडल पुर्नका लागि आवश्यक पर्ने सबै रकम उपलब्ध गराउने बताए। गतबर्ष अन्तिम समयमा निर्माण सुरु गरिएको बायोग्यास निर्माणकार्य रकम र समयको अभावमा अलपत्र छ।
कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, स्याङ्जा काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष देवीप्रसाद अर्याल, नगरसभापति लक्ष्मण अधिकारी, सचिव ताराप्रसाद अर्याल, कारागारका खरिदार पूर्णचन्द्र रेग्मी लगायतले जन्मदिनमा गरिने फजुल खर्चलाई ब्यवस्थापन गर्दे गरिएका यस्ता रचनात्मक एवं सामाजिक कामको सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।