स्याङ्जा, ३० साउन । स्याङ्जा रेडियो तथा स्याङ्जा टेलिभिजनका अध्यक्ष एवं राजनितीकर्मी ध्रुबबन्धु पौडेलले आफ्नो जन्मदिन पाणिनी आश्रम गुरुकुलमा मनाउनु भएको छ । पुतलीबजार नगरपालिका १४ लामागे स्थित पाणिनी आश्रम तथा गुरुकुलममा मनाउनुभएको हो ।
आश्रमको संस्थापक एवं कार्यसमिति सदस्य ंसमेत रहनुभएका पौडेलले बटुक एवं गुरुहरुलाई भोजन तथा फलफूल वितरण गरेर जन्मदिन मनाउनुभएको हो । सोही अवसरमा पौडेलले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत एक विद्यार्थी एक संरक्षकको पनि सुरुवात गर्नुभएको छ ।
जसअनुसार आश्रममा रहेर अध्ययन गर्ने समयावधिसम्म एक जना बटुकको खाद्यान्न सहितको पढाईको जिम्मेवारी वहन गर्दा लाग्ने रकम आफुले खर्चिने घोषणा गर्दै उहाले आश्रमका संरक्षक १००८ स्वामी ईश्वरानन्द ज्यू लाई हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा समाजसेवी सुरजकुमार अधिकारी, चुडामणी शर्मा, विष्णुमाया पौडेल, हुमनाथ पौडेल, हरि प्रसाद पौडेल, राजेन्द्र पौडेल, दिनेश पौडेल, सुस्मा खनाल, नवराज ढकाल लगायतले विभिन्न महंगा रेष्टुरा तथा पार्टी प्यालेसमा जन्मदिन मनाउने होड चलिरहेका बेला पौडेलले गरेको कार्य निकै उदाहरणीय रहेको भन्दै जन्मदिनको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा वटुकहरुले स्वस्ती बाचन सहित पौडेललाई स्वागत एवं सम्मान गरिएको थियो ।पौडेल नेपाली कांग्रेस जिल्ला सहसचिव पनि हुनुहुन्छ ।