स्याङ्जा २० भदौ । जन्मदिनको अवसर पारेर लायन्स क्लब अफ पुतलीबजारका सहकोषाध्याक्ष प्रकाश पौडेलले बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गर्नुभएको छ ।
पुतलीबजार नगरपालिका वडा न. १३ स्थित दियालो आधारभुत बिधालयमा अध्ययरत ३८ जना बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो ।
लायन्स क्लब अफ् पुतलीबजाबिद्यालय जस्तरको चार्टर प्रीसिडेन्ट एंव डिस्ट्रीक्ट एड्भाइजर श्री गुरुङले ती समाग्री हस्तान्तरण गर्दै शिक्षाको उज्यालो दिने बिधालय र बिद्यार्थीहरु भबिष्यमा मुलुक हाक्ने कर्णधार भएको बताउनुभयो । शिक्षा प्राप्त गर्ने थलो बिद्यालयमा आएर सहयोग गर्दा खुशी लागेको जनाउदै आगामी दिनहरुमा समेत यस्ता सहयोगलाई निरन्तरता दिईने बताउनुभयो ।

कार्यक्रममा बिधालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अलि शेख , लायन्स क्लवका पुर्व अध्यक्षहरु बिष्णुप्रकाश मल्ल, लोकनाथ रेग्मी, जोन चियर पर्शन ला. डोलराज रेग्मी, बिधालय प्रधानध्यापक हरि प्रसाद कोईराला लगायतले लायन्स क्लवले बिगतदेखि सामाजिक कार्यमा क्रियाशिल रहेको जनाउनु भयो ।
लायन्स क्लवका अध्यक्ष पित्ताम्वर गौतम(प्रकाश) को अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन सचीव रुद्र गौतम गर्नुभएको थियो ।