स्याङजा १८ साउन । स्याङ्जा च्याम्बर अफ कमर्शले जिल्ला कारागार शाखा स्याङ्जालाई जुट कार्पेट उपलब्ध गराएको छ । कारागारमा रहेका कैदीवन्दीलाई लक्षित गर्दै कमर्शले कार्पेट प्रदान गरेको हो ।
कारागार शाखाका २ वटा कोठालाई पुग्नेगरी कार्पेट प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक शालिग्राम शर्मा, कारागार शाखा प्रमुख दिने शर्मा सहितको उपस्थितीमा कार्पेट हस्तान्तरण गरिएको हो ।
सो अवसरमा प्रजिअ नेपालले च्याम्बर समूहले गरेको सामाजिक कार्यको प्रसंशा गर्नुभएको थियो ।आगामी दिनमा समेत सामाजिक कार्यमा निरन्तरता दिन उहाले सुझाव दिनुभयो ।
च्याम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मी र वरिष्ठ उपाध्यक्ष श्री गुरुङ्ले कारागार शाखा प्रमुख दिनेश शर्मालाई कार्पेट हस्तान्तरण गर्नुभएको थियो ।