स्याङ्जा २३ फागुन ः तत्कालिन माओवादी र नेपाली सेनाको मुठभेडमा मारिएका पृथ्वी गोैतम (वि.क.) को शालिक सहित स्मृती प्रवेशद्धार १४ बर्षपछि उदघाटन गरिएको छ ।
पुतलीबजार नगरपालिका ३ स्थित लत्रेपिपल स्थित उनको जन्मथलोमा उनको शालिक र प्रवेशद्धारको नेकपा माओवादी केन्द्रका महासचिव देवबहादुर गुरुङ्ले उदघाटन गरेका छन ्। अठार बर्षअघि १९ बर्षिय गौतमलाई २०६१ पुस ३ गते पर्वतको भुकताङलेमा तत्कालीन शाही नेपाली सेनाले गौतमलाई पक्राउ गरेपछि दोहोरो भिडन्तका नाममा मृत्यु भएको जनाउदै हत्या गरेको गुरुङ्ले बताउनुभयो ।
गौतमको मृत्युको ४ बर्षपछि २०६५ सालमा प्रवेश द्धार सहित शालिक निर्माण थालिएको थियो। निर्माण थालेको १४ बर्षपछि पुरा भएको बताईएको छ । स्मृतिद्धार सहित शालिक निर्माणमा संघिय सरकारको १० लाख, पुतलीबजार नगरपालिकाको ३ लाख २० हजार, संसद कोषको ५० हजार र गौतम परिवार ३ लाख रुपैंयाको आर्थिक सहयोग सहित १६ लाख ७० हजार खर्च भएको छ ।
जनयुद्धका शहिद गौतमको शालिक अनावरण तथा गेटको उद्घाटन गर्दै महासचिव गुरुङले भन्नुभयोे, ‘सहिदका सपना पुरा गर्न गण्तन्त्रका पक्षधरहरु एक हुनुपर्छ। सहमती बमोजिम अघि बढ्ने दलले पाएकाले जनादेश अनुरुप राज्य संचालनका लागि संविधान र गणतन्त्रको रक्षाको लागि राष्ट्रिय सहमति आवश्यक छ ।’
कार्यक्रममा पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मी, माओबादी केन्द्रका जिल्ला संयोजक प्रकाश न्यौपाने लगायतले सहिदको सपना र सहिद परिवारको सम्मानयोग्य काम गर्नुपर्नेमा जोड दिनुभयो ।