Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अब चेतनाको विकास आवश्यक छ —सांसद थापा
    समाचार

    अब चेतनाको विकास आवश्यक छ —सांसद थापा

    Syangja SandeshBy Syangja SandeshMarch 6, 2024Updated:March 6, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ फागुन । संघिय सांसद राजु थापाले भौतिक विकाससगै चेतनाको विकास आवश्यक रहेको बताउनुभयो ।
    चाहेर नचाहे पनि भौतिक विकास क्रमिक रुपले भइरहने बताउदै उहाँले चेतनाको विकास नभएमा मुलुकले विकास, समृद्धि र लक्ष्य हासिल गर्न नसक्नेमा जोड दिनुभयो ।

    पुतलीबजार नगरपालिका ५ स्थित शीतला माध्यमिक बिद्यालयको स्वर्ण जयन्ती अर्थात ५० औं बार्षिकोत्सवको मंगलबार उदघाटन गर्दै उहाँले शिक्षाका लागि राज्यको ठूलो लगानी रहेको सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तीय बृद्धिका लागि सबैले गम्भीर भएर सोच्नु पर्ने समय आएको बताउनुभयो ।

    ‘नैतिक शिक्षाको अभावमा अनुशासनहितना बढेको छ । नैतिक र संस्कृत जस्ता हाम्रा मौलिक शिक्षामा बौद्धिक जमातबाटै प्रहार भएका छन् । कयौं शब्द हटाउने र बिगार्ने प्रपञ्च गरिएका छन’ उहाले भन्नुभयो । बिद्यालयको शैक्षिक र भौतिक गुणस्तर बृद्धिका शिक्षक, अभिभावक, बिद्यार्थी, ब्यवस्थापन समिति, जनप्रतिनिधि र समुदाय एकै ठाउँमा बसेर चिन्तन, मनन् गर्नु पर्ने समय आएको बताउनुभयो ।

    सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्या बढाउन अंग्रेजी भाषाका माध्यमबाट पढाउन र टाढा टाढाबाट बिद्यार्थी पढ्न आउने वातावरण मिलाउन बिद्यालय बस संचालन गर्नु पर्नेमा उहाले जोड दिनुभयो । यस कार्यका आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री पञ्चराम गुरुङ्ले आफु पढेको शिक्षालयको लागि बिगतदेखि सहयोग गर्दे आएको र आउने दिनमा पनि थप आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    सोही कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले बिद्यालयलाई आवश्यक सहयोग गर्ने जनाउदै बस खरिदका लागि ५ लाख रुपैंया उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

    उहाँले आफु निर्वाचित भएपछि बिद्यार्थीका लागि संघिय सरकारले दिएको रकममा पुतलीबजार नगरपालिकाले थप १० रुपैंया खाजाका लागि उपलब्ध गराएको र सब इन्जिनियर अध्ययनका लागि प्रत्येक वडाबाट २÷२ जनागरी २८ जनालाई जनही एक लाख ५ हजार नगद उपलब्ध गराएको जानकारी गराउनुभयो ।

    यसैगरी, वडा अध्यक्ष अर्जुन कार्की, निवर्तमान अध्यक्ष रामचन्द्र रेग्मी, पौवेगौडे सम्पर्क समाजका अध्यक्ष बिष्णुप्रसाद शर्मा, प्रा.डा. ज्ञानबहादुर कार्की, प्रा.डा. अच्यूतशरण अर्याल, त्रिभुवन आर्दश प्रस्तावित नमूना माविका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, मानबहादुर कृष्णकुमारी ट्रष्टका संरक्षक प्रकाशजंग कार्की, अक्षयकोषदाता लोकनाथ रेग्मी, पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव गोबिन्द सुवेदी, बिद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष ज्ञानबहादुर थापा र टुकबहादुर थापा, पूर्व बिद्यार्थी गंजबहादुर कार्की, सरस्वती माविका प्रधानाध्यापक कृष्ण गोदार, पुण्यशिला आधारभूत माविका प्रधानाध्यापक लेखनाथ शर्मा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    सोही कार्यक्रममा प्रधानाध्यापक ओमप्रकाश शर्माले बिद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रजंग कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक दिपक शर्माले स्वागत एवं शिक्षक अप्सरा गोदारले संञ्चालन गर्नुभएको थियो ।

    सोही कार्यक्रममा मानबहादुर कृष्णकुमारी ट्रष्टबाट साहित्यकार एवम् पत्रकारलाई सम्मान गरिएको छ । बाल साहित्यकार डा. अच्युतशरण अर्याल र पत्रकार माधवप्रसाद रेग्मी सम्मानित हुनुभएको हो । विद्यालयमा स्थापित मानबहादुर÷कृष्णाकुमारी ट्रष्टद्वारा प्रदान गरिने पुरस्कारबाट जनही १०÷१० हजार नगदसहित सम्मानपत्रले सम्मान गरिएको हो ।

    लीलाधर — चन्द्रकला रेग्मी अक्षयकोषबाट ६ जना विपन्न तथा जेहेन्दार बिद्यार्थीलाई जनही ३÷३ हजार नगद सहित पुरस्कृत गरिएको छ ।

    यसैगरी, चुडामणी — बाटुली अक्षयकोष, कुसुम पुरस्कार र इमानसिंह कार्की, पुरस्कारबाट पुरस्कृत गरिएको छ । शैक्षिक लगाय बिद्यालयमा आयोजित बिभिन्न क्रियाकलाप, खेलकूद सहितका गतीबिधीमा सहभागी तथा बिजयी हुने बिद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ ।

    बार्षिकोत्सवमा बिद्यार्थीहरुद्धारा सांस्कृतिक कार्यक्रम समेत प्रर्दशन गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.