Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » चार बर्षे स्नातक तह अब्यवहारिक भयो ३ बर्षे बनाऔं — पूर्वउपप्रधान एवं शिक्षामन्त्री श्रेष्ठ
    पुतलीबजार नगरपालिका

    चार बर्षे स्नातक तह अब्यवहारिक भयो ३ बर्षे बनाऔं — पूर्वउपप्रधान एवं शिक्षामन्त्री श्रेष्ठ

    पुतलीबजार नगरपालिका १ मालेबगर स्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको साधारणसभा, प्रवेशद्धार उदघाटन एवं शिलालेख अनावरण गरिएको छ ।
    Syangja SandeshBy Syangja SandeshJune 13, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३१ जेठ । पुतलीबजार नगरपालिका १ मालेबगर स्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको साधारणसभा, प्रवेशद्धार उदघाटन एवं शिलालेख अनावरण गरिएको छ ।

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले ती कार्यक्रमहरुका बिहीवार उदघाटन गर्दै समय सापेक्ष शिक्षा निती बनाईनुपर्ने बताउनुभयो । ब्यबहारिक एवं दक्ष जनशक्ति उत्पादन गर्ने खालका सीपमूलक शिक्षा दिनुपर्नेमा उहाले जोड दिनुभयो । हालको शिक्षा नीति संशोधन गर्दै ४ बर्षे स्नातक तहलाई ३ बर्षे बनाउनु पर्नेमा जोड दिनुभयो । ४ वर्षे स्नातक तह अध्ययन बोझिलो र खर्चिलो भएको बताउनुभयो ।

    ४ बर्षे स्नातक तह अब्यवहारिक भएको बताएको छन। शिक्षा नीति संशोधन गर्दे स्नातक तहको अध्ययनलाई ३ बर्षे बनाउनु पर्नेमा जोड दिनुभयो । चार वर्षे स्नातक तह पाठ्यक्रमले हाम्रा बिद्यार्थी विदेश पलायन मध्येको एउटा कारण भएको जनाउदै अब ढिलाई गर्न नहुने बताएका छन् ।

    क्याम्पस ब्यवस्थापन समितिमा अध्यक्ष समेत रहनु भएका श्रेष्ठकै पहलमा २०४८ सालमा सदरमुकाममा सो क्याम्पस स्थापना गर्नुभएको हो । हाल सो क्याम्पसमा ५३२ बिद्यार्थी अध्ययरत छन। प्लस टु सहित वीए, वीबीएस, वीएड, एक बर्षे वीएड, एमवीएस, एएड लगायतका पढाई हुदै आएको छ । क्याम्पसमा २१ जनाले प्राध्यापन एवं ६ जना कर्मचारी कार्यरत हुनुहुन्छ ।

    पूर्व सांसद एवं क्याम्पस ब्यवस्थापन समितिका सदस्य नारायणप्रसाद मरासीनीले क्याम्पसको शैक्षिक गुणस्तर बृद्धिका लागि सहकार्य गर्दे अघि बढ्ने बताउनुभयो । गण्डकी प्रदेशका पूर्व शिक्षा तथा बिज्ञानप्रबिधि मन्त्री मेखलाल श्रेष्ठ, नेपाली कांग्रेसका सहसचिव धु्रवबन्धु पौडेल, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरे, भीरकोट नगरप्रमुख गोबिन्दकुमार कर्माचार्य, क्याम्पस ब्यवस्थापन समितिका सदस्य द्धय तुलसी गिरी, लोकराज शर्मा, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनुप श्रेष्ठ, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, नेपाल बिद्यार्थी संघ जिल्ला अध्यक्ष गौरब प्रधान, क्याम्पस स्ववियू सभापति सविन रेग्मी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    सोही कार्यक्रममा क्याम्पस प्रमुख बाबुकुमार सिग्देलले क्याम्पसका आर्थिक, भौतिक, शैक्षिक गतिबिधिका बारेमा जानकारी गराउनु भएको थियो भने संचालक सदस्य पृथ्वीप्रसाद पोखरेलले स्वागत र सहायक प्रमुख प्रमोद पंज्ञानीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.