चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

स्याङ्ना २४ बैशाख । चापाकोट नगरपालिका, स्याङ्जामा आयोजित ४८ घण्टे मेलमिलाप आधारभुत तालिम सम्पन्न भएको छ। ८ दिनसम्म सञ्चालन भएको तालिममा मेलमिलाप प्रक्रियाको सैद्धान्तिक र व्यवहारिक पक्षबारे सहभागीहरूलाई जानकारी दिइएको थियो।

तालिममा चापाकोट नगरपालिकाका १० वटा वडाबाट आएका समाजसेवी, महिला अगुवा, युवा, शिक्षक, तथा स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रशिक्षकहरूले द्वन्द्व समाधानका विधि, आपसी सहकार्य, विश्वास निर्माण, सहिष्णुता र मेलमिलापका प्रविधिबारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमको समापन समारोहमा बोल्दै प्रशिक्षक तथा संयोजकले समुदायमा दीर्घकालीन शान्ति स्थापना गर्न मेलमिलापको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो। तालिममा सहभागी परशुराम गिरि,शेषकाकान्त भण्डारी शान्ती आचार्य ,कल्पना रेग्मीले तालिम उपयोगी रहेको जनाउँदै सिकेका सीपहरू समुदायमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तालिमको समन्वय चापाकोट नगरपालिका सँगको सहकार्यमा गरिएको थियो ।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरे इलाका प्रहरी कार्यलय चापाकोटका प्रहरी नायव उपरीक्षक दिपक मल्ल वडा अध्यक्ष टोपलाल न्यौपाने,मोहन केसि लगाएतले आफ्नो भनाइ राख्नुभएको थियो ।

नगर उप प्रमुख इशा रानाको अध्यक्षतामा भएको तालिममा स्वागत भुपराज वोस्तीले र कार्यक्रम सन्चालन वडा न ८ का वडा सचिव शान्ती श्रेष्ठले गर्नुभएको थियो । तालिममा ३० जनाको सहभागीता रहेको थियो ।