स्याङ्जा १० असार । चापाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९–८० का बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको ११ औँ नगरसभामा २०७९–८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न संघीय, प्रदेश र स्थानीय सरकारको गरी कुल ६१ करोड ३४ लाख ७८ हजार रुपैयाँको बजेट नगर उपप्रमुख ईशा रानाले नगरसभामा प्रस्तुत गर्नुभएको हो ।
बुधबार नगरसभामा प्रस्तुत बजेटको चालु खर्च तर्फ ४० करोड ५३ लाख ५२ हजार ९६६।०८ प्रतिशत० र पुँजीगत तर्फ २० करोड ८१ लाख २६ हजार ९३३।९२ प्रतिशत० विनियोजन गरिएको छ ।
नगरपालिकाको ११ औँ नगरसभाले स्वीकृत गरेको नीति कार्यक्रममा पुर्वाधार विकास तर्फ ५ करोड १९ लाख ७ हजार ३ सय, सामाजिक विकास तर्फ ४ करोड १९ लाख २४ हजार ८ सय, आर्थिक विकास तर्फ १ करोड ५४ लाख ४७ हजार ८ सय, वित्तीय पारदर्शिता र सुशासन तर्फ ७७ लाख ९५ हजार ३ सय, वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड ३ लाख ३० हजार ८ सय, समपुरक तर्फ २ करोड ५० लाख अनुदान, राजश्व बाडँफाँड लगायत अन्य सम्पूर्ण खर्च संघी सरकार, प्रदेश सकारले तोके अनुसार रकम रु ४६ करोड १० लाख ७२ हजार गरी कुल बजेट ६१ करोड ३४ लाख ७८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको नगरप्रमुख देव बहादुर खाँण ९इश्वर०ले जानकारी दिनुभयो ।
विनियोजन बजेट मध्ये सबैभन्दा धेरै पुर्वाधार विकास तर्फ ५ करोड १९ लाख ७ हजार ३ सय र सबैभन्दा कम सुशासन तर्फ ७७ लाख ९५ हजार ३ सय विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा कुल विनियोजनको ५६।७८ प्रतिशत बजेट खर्च भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ९।९३ प्रतिशतले बढी हुन आउँछ ।