स्याङ्जां २५ पुस । प्ुातलीबजार नगरपालिका १ स्थित चण्डीकालिका बचत तथा ऋण सहकारी संस्थाको १८ आ्रै बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
संस्थाका जेष्ठ शेयर सदस्य कमलकान्त कोइरालाले उदघाटन गर्दै संस्थाको प्रगतिको शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष एवं कार्य समिति सदस्य निर्मलकुमार शेरचन, पुतलीबजार नगर सहकारी शाखा प्रमुख बिष्णु ढकाल, शेयर सदस्यहरु ख्यामबहादुर गोदार, हरिनारायण शर्मा, इन्द्रकुमारी शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएका थियो । उपाध्यक्ष ख्यामनारायण शर्मा पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक सदस्य हिक्मत श्रेष्ठले स्वागत एवं सल्लाहकार ओमप्रकाश शर्माले संचालन गर्नुभएको थियो । यसैगरी, सभामा अध्यक्ष, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन सहित पुतलीबजार नगरपालिका १ स्थित प्रगतीनगरमा एक बर्षभित्र आफनै भवन निर्माण गर्ने लगायतका बिबिध प्रस्तावहरु पारित गरिएका छन् ।