स्याङ्जा २० साउन । घर बहाल सरोकार संघ स्याङ्जा गठन भएको छ । डा. वसन्त पंगेनीको अध्यक्षतामा ११ सदस्यीय घर बहाल सरोकार संघ जिल्ला समिति गठन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्ष देबी अधिकारी , उपाध्यक्ष मीन प्रसाद अर्याल, सचीव अच्युत पोख्रेल, कोषध्याक्ष गिता थापा र सदस्यमा शम्भु अर्याल , हुमकान्त पाठक , अनन्तराज मरासिनीलाई चयन गरिएको हो ।
घर बहाल सरोकार महांघका केन्द्रीय उपाध्यक्ष यमनाथ पौडेल, कास्कीका अध्यक्ष कमलप्रसाद न्यौपाने, गण्डकी प्रदेश तथा स्याङ्जा चेम्बरका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ, सदस्य तथा शितल केसी लगायतले घर बहाल सरोकार सम्बन्धी आ आफना धारणा सहितको मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
स्याङ्जा चेम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीका सचीव नारायण सुवेदीले स्वागत एवं महासचिव कृष्ण चापागाईंले संचालन गर्नुभएको थियो ।