Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गौसंरक्षणका लागी आयोजित महायज्ञमा झण्डै ७० लाख बचत
    वालिङ् नगरपालिका

    गौसंरक्षणका लागी आयोजित महायज्ञमा झण्डै ७० लाख बचत

    Syangja SandeshBy Syangja SandeshMarch 21, 2023No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ चैत । वालिङमा गौसंरक्षणका लागी आयोजित महायज्ञमा झण्डै ७० लाख बचत भएको छ । वालिङ खेलमैदानमा फाल्गुन १ गतेदेखि ७ गतेसम्म संचालित महायज्ञमा भएको खर्च तथा आम्दानीको सार्वजानिकिकरण गरिएको छ ।

    श्री धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम, वालिङ ८ काफलडाँडाको आयोजनामा वालिङ स्थित खेलमैदानमा संचालित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ एवं गौ संरक्षण महामहोत्सव २०७९ मा ८८ लाख ४४ हजार २२७ रुपैँया संकलन भएको र १८ लाख ७३ हजार ३५८ रुपैँया खर्च कटाएर ६९ लाख ७० हजार ९२९ रुपैँया वचत भएको हो ।

    महायज्ञको आयव्याय सार्वजानिक गर्दै महायज्ञ मुल आयोजक समितिका संयोजक दिलिपप्रताप खांणले महायज्ञमा वचत रकममा थप गरी दिगो गौसंरक्षणका लागी अक्षयकोष स्थापना गरि सार्वजानिक रुपमा छाडिएका गाईहरुको संरक्षण गरिने बताउनुभयो ।

    गाईको दानापानी, घासँ तथा गाई हेरालुको समेत गरी मासिक लाखौँ खर्च हुने भएकाले व्यवस्थित रुपमा दिगो तरिकाले गाई व्यवस्थापनका लागी आयोजित महायज्ञ समग्रमा सफल भएको उहाँले बताउनुभयो । महायज्ञमा वचत रकममा अन्य सहयोगी दाताहरुबाट समेत संकलन गरी १ करोडको अक्षयकोष स्थापना गरी उक्त कोषबाट आउने ब्याजले गौशाला संचालन गरिने संयोजक खांणले बताउनुभयो ।

    वचत भएको रकमहरु ३९ लाख ४ हजार ८८० रुपैँया गरिमा विकास बैंकमा, वालिङ प्रडक्ट होल्डिङ सहकारी संस्थामा २७ लाख ८५ हजार ९९२ रुपैँया राखिएको छ भने २ लाख ७९ हजार ६५७ रुपँैयाको चेक सटही गर्न बाँकि रहेको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    आम्दानीतर्फ दान रसिदबाट ८५ लाख ६६ हजार ९५१, दान पेटिकाबाट २ लाख ४५ हजार २५४, बैंक टान्फरबाट ३२ हजार १० रुपैँया गरी ८८ लाख ४४ हजार २२७ रुपैँया रहेको छ भने खर्च तर्फ टेन्ट तथा साउण्ड सिष्टम ४ लाख ५ हजार, वैदिकतथा सांगितिकतर्फ दक्षिणा ५ लाख ८० हजार, फर्निचर ३५ हजार, सम्मानफ्रेम ९६ हजार, पुजा सामाग्री १५ हजार ११५, रामनामीगम्छा १लाख ४ हजार ८७५, छपाई तथा स्टेस्नरी १ लाख ४१ ह्जार, प्रचारप्रचार ७५ हजार ५ सय, इन्धन ४१ ह्जार ८७५, ज्याला ४४ हजार ५००, खानेपानी २१ ह्जार ७००, विद्युत तथा तारहरु ८ हजार २५९, मन्दिर निर्माण हवन कुण्ड ४० हजार २४१, ढुवानी २१ ह्जार ७००, दुध तथा दही १०हजार १०५, प्रसाद ७९ हजार ४५, इन्टरनेट १२ सय, अन्य खर्चमा १ लाख २६ हजार ७२८, गौशालाको भुक्तानी २५ हजार ५ सय रहेको छ ।

    त्यस्तै दान पेटिका ५थान, रामनामी गम्छा ३१६ थान, चामल २।५ क्वीन्टल, धान १।५ क्वीन्टल, छापिएका सामाग्री ४००० थान, पी फर्म ५ मिटर मौज्दान रहेको कोषाध्यक्ष श्रेष्ठले सार्वजानिक गर्नुभएको आयव्यायमा उल्लेख गरिएको छ ।

    बढ्दो बजारीकरण तथा शहरीकरणले गर्दा मानिसले गाई पालन तर्फ रुचि नदेखाउँदा धार्मिक तथा वैज्ञानिक महत्व रहेको गाईको संरक्षण गर्दै गाईको महत्वका बारेमा जानकारी दिन महायज्ञको आयोजना गरिएको थियो । कार्यक्रम महायज्ञ मुल समितिका संयोजक खांणको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन सचिव पदमप्रसाद पाण्डेले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.