स्याङ्जा ३१ बैशाख । गुणस्तरीय बस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमन सम्बन्धी छलफल एवं अन्र्तक्रिया गरिएको छ ।
गण्डकी प्रदेश उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय, पोखराको आयोजनामा स्याङ्जाका सरोकारवालाबीच अन्र्तक्रिया गरिएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तिले ब्यवसायीमत्रै ऐन, कानून निर्माण गर्नु पर्ने बताउनुभयो । उहाले उपभोक्ता र उद्योगीबीचका अधिकारका हस्तक्षेप नहुनेगरी निती, नियम बनाईनु पर्नेमा जोड दिनुभयो । ब्यवसायमैत्री ऐन कानून निर्माण भएमा रोजगारका निम्ति विदेशी भूमिका जानुपर्ने वाध्यता नहुने बताउनुभयो ।
कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, उपपप्रमुख देवी अर्याल, प्रशासन प्रमुख धनप्रसाद कोइराला, कर अधिकृत बिजय भूषाल, घरेलु उद्योग तगा साना उद्योग ब्यवसायी संघ गण्डकी प्रदेशका कोषाध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, च्याम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मी, सुन्तला सुपरजोन परियोजना समन्वय समितिका संयोजक वोधराज अर्याल, उपभोक्ता मंचका सचिव विश्व पौडेल, ब्यवसायी सुन्दरप्रसाद श्रेष्ठ लगायतले उद्योग ब्यवसायी, ब्यापारी, उपभोक्ता र राज्यबीचको समन्वयकारी भूमिका रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मन्त्रालय प्रमुख रामप्रसाद आचार्य र पर्यटन उद्योग वाणिज्इ तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक इश्वरीप्रसाद रेग्मीले पर्यटन तथा बजार अनुगमन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सोही कार्यक्रममा उपसचिव हेमा पोखरेलले कार्यक्रमका उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो भने शाखा अधिकृत सृजना सुवेदीले सहजीकरण गर्नुभएको थियो ।