Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गाडीका नम्बर प्लेट देखिने सिसि क्यामरा जडान
    पुतलीबजार नगरपालिका

    गाडीका नम्बर प्लेट देखिने सिसि क्यामरा जडान

    Syangja SandeshBy Syangja SandeshAugust 5, 2022Updated:August 5, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० साउन । ट्राफिक कार्यालय स्याङ्जाले राजमार्गमा गुड्ने सवारी साधनका नम्बर प्लेट देखिनेगरी सिसि क्यामरा जडान गरेको छ। जसका कारण ट्राफिक प्रहरीलाई सुक्ष्म अनुसन्धानमा समेत सहज हुने देखिएको छ।
    कार्यालय भित्रको एउटा कक्षमा बसेर वीपी चोक, सहिदचोक, बाडखोला चोक र ट्राफिक चोकका गतिबिधि सजिलै नियाल्न सकिने भएको ट्राफिक प्रमुख मिनबहादुर कुवँरले बताउनुभयो ।
    दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले ट्राफिक कार्यालयलाई स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले ३२ इन्चको डिस्प्ले बोर्ड सहित वेभ क्यामरा उपलब्ध गराएको संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।
    सिद्धार्थ राजमार्ग अन्र्तगतको स्याङ्जा खण्ड धेरै घुम्ति र साँगुरो छ। पोखरा — सुनौली जोड्ने राजमार्गमा भारतीय गाडीहरु समेत चल्ने गर्छन। दैनिक ३ देखि ४ सय वटा सवारी साधन गुड्ने गर्छन।
    यसैगरी, भारतीय साधन पनि बर्षात्का समयमा दैनिक ३० देखि ३५ वटा र अन्य समयमा दैनिक ६० देखि ७० वटा सम्म भारतीय सवारी साधनहरु ओहोर दोहोर गर्ने गरेको ट्राफिक प्रहरी सहायक हवल्दार हेमबहादुर मल्लले जानकारी दिनुभयो ।
    उच्च प्रबिधि सहितको सिसि क्यामरा जडानगरेर अघिल्लो सातादेखि नियमन गर्दे आएको छ। कुनै सवारी साधन कति वेला आए र गए। कहाँ के भए। कुन नम्बरको गाडी हो भनेर पत्ता लगाउन सहज बनेको पनि ट्राफिक प्रहरीको भनाई छ।
    यात्राका क्रममा यात्रुका छुटेका सामान पाउनका लागि सजिलो बनेको छ। मोवाइल, पर्स, छाता, झोला जस्ता दर्जन भन्दा बढी सामानहरु पत्ता लगाई सम्बन्धित ब्यक्तिलाई बुझाइएको पनि प्रहरीले जनाए।
    यता, जिल्ला प्रहरी कार्यालयमा रहेका १४ स्थानका राखिएका सिसि क्यामरा मध्ये केहीको मर्मतका लागि पनि जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको जनाएको छ।
    बस तथा मोटर गाडीका नम्बर प्लेट सजिलै देखिने भएको छ। अव, स्कुटर र मोटरसाइकलको समेत देखिनेगरी क्वालिटीयुक्त क्यामराका लागि पनि सहयोग गर्नेछौं संघका अध्यक्ष श्रेष्ठको भनाई छ ।
    स्याङ्जामा गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका विभिन्न २७ वटा सवारी दुर्घटना हुदा ४० जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा ३३ जना गम्भीर घाइते र १५ जना सामान्य घाइते भए।
    आव २०७७÷०७८ मा यहाँ १६ वटा सवारी दुर्घटनामा १६ जनाको मृत्यु, २१ जना गम्भीर घाइते र ५ सामान्य घाइते भए। आव २०७७÷०७८ मा अघिल्लो भन्दा २४ जना बढीले ज्यान गुमाए ।
    गएको वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वालिङ–१४ अर्खलवासस्थित ग्रामीण सडकमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।
    त्यस्तै आव २०७६÷७७ मा स्याङ्जामा १५ सवारी साधन दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो।
    पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा स्याङ्जामा सवारी दुर्घटना, मृत्यु र घाइतेको संख्या बढ्दै गएको देखिन्छ। गाउँ गाउँसम्म पुग्न प्रहरीको अभाव, यात्रु तथा चालकको लापरबाही, क्षमता भन्दा तेब्बरबढी यात्रु र सामान, पुराना र मर्मत नगरिएका सवारी साधन, जथाभावी सडक खन्ने होडबाजीका कारण दुर्घटना बढेको हुन्।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.