स्याङ्जा ९ मंसिर । वालिङ नगरपालिका ८ स्थित गाउँवेशी डिपार्टमेन्ट स्टोरमा गएराती आगलागी भएको छ। आगलागीले लाखौं मूल्य बराबरको सामाग्री जलेर नोक्सान पुगेको छ।
बिद्युतीय सर्किटमा भएको खराबीका कारण बुधबार रातको अन्दाजी १ बजेतिर आगलागी भएको अनुमान गरिएको छ।
आगलागीका कारण डिपार्टमेन्ट स्टोरका सिसि टिभीहरु, फ्रीज, कम्प्युटर, टेलिभिजन, कस्मेटिक, खाद्यान्न लगायतका सामानहरु जलेर नष्ट भएको र करिब ५० लाख मूल्य बराबरको क्षति भएको डिपार्टमेन्ट संचालक सुदन श्रेष्ठले जानकारी दिनुभयो ।
आगलागी भएको थाहा हुने बित्तिकै वालिङ नगरपालिकाले दमकल ल्याई आगो निभाइएको थियो। आगोले थप क्षति हुन रोके पनि डिपार्टमेन्टका सबै सामाग्री बिग्रीएका छन्।
स्याङ्जाको वालिङ नगरपालिका–८ मोड स्थित सो डिपार्टमेन्ट जिल्लाकै ठूलो र नमूना स्टोर्स हो। एउटै भवनभित्र सबै खालका खाद्यदेखि लत्ता कपडा र गरगहनासम्मका बस्तु उपलब्ध हुनेगरी डिपार्टमेन्ट संचालनमा ल्याइएको हो।
मूल्य बराबरको क्षति