Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गाई संरक्षणका लागी वालिङमा महायज्ञ जारी
    वालिङ् नगरपालिका

    गाई संरक्षणका लागी वालिङमा महायज्ञ जारी

    Syangja SandeshBy Syangja SandeshFebruary 15, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ फागुन । श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको तेस्रो दिन उल्लेख्य भक्तजनले कथा श्रवण गरेका छन् ।

    श्री धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम, वालिङ ८ काफलडाँडाको आयोजनामा वालिङ स्थित खेलमैदानमा सोमबारदेखि शुरु भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ एवं गौ संरक्षण महामहोत्सव २०७९ को दोस्रो दिन गौ माताको महत्वको बारेमा प्रवचन तथा भजन कृतन गरिएको छ । महायज्ञमा अहिलेसम्म १० लाख १० हजार ८०८ रुपैँया संकलन भएको छ ।

    महायज्ञको तेस्रो दिन आज मात्रै ३ लाख २७ हजार ६७२ रुपैँया संकलन भएको रसिद व्यवस्थापन तथा चन्दा संकलन उपसमिति संयोजक शान्ता थापाले जानकारी दिनुभयो । गाई संरक्षणलाई दिगो व्यवस्थापनका लागी आयोजित महायज्ञमा आफ्नो नाममा गाई पालन गर्न चाहाने भक्तजनले २५ हजार ५ सय दिनुपर्ने व्यवस्था गरिएको छ ।

    यसरी गाई पालनका लागी २५ हजार ५ सय तथा उक्त रकम भन्दा माथि सहयोग गर्ने सहयोगीहरु ३३ जना पुगेका छन् । सोमबार २१ र मंगलबार ६ र बुधबार पनि ६ जनाले गाई पालनका लागी उक्त रकम प्रदान गरेका हुन् । महायज्ञमा ५ हजार भन्दा माथि सहयोग गर्नेलाई प्रमाणपत्र र १० हजार भन्दा माथि सहयोग गर्नेलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ । महायज्ञमा विभिन्न दानदाताहरुले स्वत स्फुर्त रुपमा व्यक्तिगत रुपमा तथा संस्थागत एवं समुहगत रुपमा समेत आर्थिक तथा जिन्सी सहयोग गर्नुभएको छ ।

    गाई संरक्षणका लागी आयोजित महायज्ञ फाल्गुन ७ गतेसम्म सञ्चालन हुनेछ । शिव रात्रिको अवसरमा फाल्गुन ६ गते महाशिवरात्रि विषेश झाँकी एवं शिव कथा वाचन गरिनेछ । बढ्दो बजारीकरण तथा शहरीकरणले गर्दा मानिसले गाई पालनतर्फ रुचि नदेखाउँदा धार्मिक तथा वैज्ञानिक महत्व रहेको गाईको संरक्षणका लागी महायज्ञको आयोजना गरिएको हो ।

    वालिङमा रहेका छाडा गाई व्यवस्थापनका लागी स्वार्गाश्रम गौशाला मार्फत गौ संरक्षण गरिएपनि अहिले उक्त स्थानमा प्रयाप्त गौचरनको अभाव हुँदा दिगो गौ संरक्षण गर्न समस्या भएपछि हाल काफलडाँडामा शिवालय फूलबारी गुठी गौशाला आश्रम मार्फत गौ संरक्षण तथा व्यवस्थापन गरिँदै आईएको छ । अहिले उक्त गौशालामा १२६ गाई रहेका छन् ।

    महायज्ञमा प्रमुख वाचक पण्डित नेत्रप्रसाद पराजुली रहनुभएको छ । महायज्ञमा पितृहरुको बैकुण्ठवासको कामनाका लागी १० लाख दिप प्रज्वलन, सवा लाख गायत्री मन्त्रजाप तथा हवन, लघुरुद्री पाठ, सतचण्डी पाठ पारायण, नवग्रह शान्ति, कालसर्प योग शान्ति, पितृदोष शान्ति, ब्रतबन्ध, तुलादान, भुमिदान, गौदानलगायतको कार्यक्रमहरु भईरहेका छन् । महायज्ञ सम्पन्न गर्न १५०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.