Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, September 21
    Trending
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर छ ः प्रमुख भट्टराई
    अर्थ

    गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर छ ः प्रमुख भट्टराई

    Syangja SandeshBy Syangja SandeshMarch 18, 2023No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ चैत । गल्याङ नगरपालिका आलु र सुन्तला र दुधजन्य बस्तुमा आत्मनिर्भर भएको र गल्याङ नगरपालिका भित्र उत्पादित बस्तुको बजारीकरणमा कुनै समस्या नरहेको गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनुभयो ।


    गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९को समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भयो ।


    गल्याङ नगरपालिकाका नगर प्रमुख भट्टराईले भनुभयो गल्याङ नगरपालिकाले कृषि शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएर अगाडि बढेको कुरा बताउनुभयो । उहाँले कृषकका आवश्यकता र समस्याको दिर्घकालिन समाधानका लागि आफू लागि परेको र कृषकलाई सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।


    नगर प्रमुख भट्टराईले हाम्रो जस्तो ग्रामिण र पहाडी भेकको विकास कृषि क्षेत्रमा गरिने लगानी र त्यसको प्रतिफलले मात्र सम्भव रहेको तथा कृषि क्षेत्रको विकासले मात्र समृद्धि नगर सम्भव रहेको हुनाले नगरपालिका कृषिमा ब्यबसायीक उत्पादन र प्रबर्द्धनका लागि प्रतिबद्ध रहेको बताउदै कृषकलाई उत्पादन र आयआर्जन सँग जोड्न नाफा परियोजना सन्चालन गरिने भएको र यस परियोजनाका लागि सम्बन्धित मन्त्रालय र कृषि विकास निर्देशनालयसंग सहकार्य गर्ने कुरा बताउनु भयोे ।


    गल्याङ नगरपालिकाले पकेट र ब्लक क्षेत्र निर्माण गर्दै बीउ श्रोत केन्द्रको स्थापना समेत गरेको छ। पालिकाले आम नागरिकलाई आयआर्जन संघ जोड्ने गरि फलफुल जन्य उत्पादनको विकासका लागि पनि अगाडि बढेको छ । कृषि क्षेत्रको विकासका लागि आइपिएम लगाएतका कृषक तालिमहरु समेत संचालन गरिरहेको छ।


    गल्याङ नगरपालिकाले यस आर्थिक बर्षबाटै पालिकाको ११ नम्बर वडामा उत्पादन हुँदै आएको बीउ आलु कार्यक्रम वडा न ४ र ७ मा पनि लागू गर्ने भएको छ त्यस्तै थप वडा न १ मा मकै बिउ उत्पादन,७ मा रहेको सुन्तला पकेट क्षेत्रको रुपमा विकास गर्दै वडा न १० मा पनि बिस्तार गर्ने, वडा न ७ तरकारी पकेट क्षेत्रबनाउने वडा न ५ मा कोल्डरुम स्थापना गर्ने कुरा बताउनु भयो।


    कार्यक्रममा गण्डकी प्रदेश कृषि उर्जा तथा जलस्रोत मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाईले कृषि क्षेत्रको ब्यवस्थापन र आधुनिकीकरणका लागि गल्याङ नगरपालिका संघ सहकार्य गर्दै अघि बढ्ने र प्रदेश सरकारले सहयोग गर्ने कुरा बताउनुभयो ।


    प्रदर्शनीलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहेको थियो ।प्रदर्शनीको पहिलो दिन शुक्रबार राष्ट्रिय कलाकार रोशन गैरे र सुनिता नेपालीले साङ्गीतिक प्रस्तुती राख्नुभएको थियो भने शनिबार राष्ट्रिय कलाकार प्रकाश पराजुली र श्रीधर अधिकारीको प्रस्तुती रहेको थियो । प्रदर्शनीमा सबै कृषि सँग सम्बन्धित २० भन्दा बढी स्टलहरु रहेका थिए ।


    गल्याङ नगरपालिका वडा नं ३ मा रहेको गल्याङ नगरपालिका खेल मैदानमा जारी प्रदर्शनीमा दर्शकको उल्लेख्य सहभागिता रहोस भन्ने उद्देश्यले निशुल्क प्रबेशको व्यवस्था गरिएको पनि जानकारी दिइएको छ । प्रदर्शनीमा १० लाखको व्यापारिक कारोबार, रु. ८० हजार बचत र १० हजार भन्दा बढि दर्शक भित्रीनु भएको थियो ।


    गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष गंगा प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटले र कार्यक्रमको सञ्चालन महासचिव दल बहादुर सिंजालीले गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.