स्याङ्जा ८ कात्तिक । गल्याङ नगर अस्पतालमा आजदेखि दाँत उपचार सेवा सुरु गरेकोे छ । गल्याङ अस्पतालले पहिलो पटक दाँत सम्बन्धी उपचार सेवा सुरु गरेको हो । रोटरी क्लब अफ काठमाडौँ नर्थको पहलमा रोटरी क्लब अफ आइआरडीको सहयोगमा दन्त उपचार सेवा सुरु गरिएको हो ।
रोटरी क्लबले मेसिन तथा उपकरण निःशुल्क उपलब्ध गराएको हो भने कान्तिपुर डेन्टल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सेवा थालिएको उहाँले बताउनुभयो । अस्पताल, रोटरी क्लब र कान्तिपुर अस्पतालबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता अनुसार दुई वर्षसम्मको सञ्चालन तथा व्यवस्थापन रोटरी क्लब र कान्तिपुर डेन्टल अस्पतालले गर्ने तथा त्यसपछि अस्पतालले व्यवस्थापन गर्ने छ ।
सुरुआतका क्रममा कान्तिपुर डेन्टल अस्पतालले दुई दन्त विशेषज्ञ उपलब्ध गराएको छ । यसअघि दाँतका बिरामीले पाल्पा, पोखरा, वालिङ लगायतका अस्पतालबाट सेवा लिँदै आएकोमा अव आफनै स्थानबाटै दात सेवा लिन पाउने कान्तिपुर डेन्टल शिक्षण अस्पतालका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताउनुभयो ।