स्याङ्जा १२ माघ । गल्याङ नगरपालिकाको १२ औं नगरसभा बुधवार सम्पन्न भएको छ । नगरसभामा नगर अध्यक्ष एवं सभाध्यक्ष गुरुप्रसाद भट्टराईले प्रस्तुत गरेका बिबिध एजेण्डाऐनहरु नगरसभामा छलफलपछि पारित भएको हो । सभाले गल्याङ प्रज्ञा प्रतिष्ठान गठन बिधेयक समेत पारित गरेको छ।
सभामा नगर उप प्रमुख हेमा न्यौपानेले संशोधित नगर बिनियोजन बिधयक,आर्थिक बिकास समिती संयोजक दल बहादुर सिङ्जाली,सामाजिक बिकास समिती घनश्याम भट्टराई, पुर्वाधार समिती संयोजक नामदेव खनाल,लेखा समिती संयोजक होम बहादुर थापा,बिधायन समिती संयोजक दिपेन्द्र राना,सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र समिती ढाकाराम न्यौपाने,बन बाताबरण तथा बिपत ब्यबस्थापन समिती कृष्ण प्रसाद भट्टराई र न्यायिक समिती सदस्य बिक्रम पाण्डेले पेश गर्नु भएको थियो ।
सभामा विभिन्न समितिका प्रतिबेदन माथी छलफल गरिएको थियो। सभाको अध्यक्षता नगरप्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत दामोदर शर्माले गर्नुभएको थियो ।