Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘गल्याङ्को मालुङ्गामा प्राकृतिक अस्पताल बन्ने’
    गल्याङ् नगरपालिका

    ‘गल्याङ्को मालुङ्गामा प्राकृतिक अस्पताल बन्ने’

    Syangja SandeshBy Syangja SandeshMarch 27, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ चैत । गल्याङ् नगरपालिका १ मालुङ्गा स्थित उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय (अस्पताल) संचालन गरिने भएको छ ।


    प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गराउने उदेश्यले चिकित्सालय भवन निर्माण सुरु गरिएको कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिनुभयो ।


    ‘यस पद्धतीबाट गरिने उपचार केही लामो समय लागेता पनि दीर्घकालीन फाइदा हुने हुदाँ प्राकृतिक चिकित्सालय स्थापनाको लागि भवन निर्माण कार्य थालिएको हो।’ उहाले भन्नुभयोे, ‘तत्कालै उपचार गरिनु पर्ने विरामी वाहेकका अन्य रोगीका उपचारका लागि यस उपचार पद्धती प्रभावकारी देखिएको छ।’


    पञ्चतत्व, योग, स्टिमबाथ, फिजियोथेरापी, अकुपञ्चर, मसाज, लगायतका प्राकृतिक उपचार पद्धतिमार्फत बिरामीलाई उपचार गरिने उहाको भनाई छ । जहाँ योग शिविर, धार्मिक अनुष्ठान सहित संस्कृत शिक्षा समेत उपलब्ध हुदै आएको छ ।


    यसै आथिर्क बर्षमा निर्माणकार्य सक्नेगरी सुबिधासम्पन्न भवन र्२ करोड १२ लाखको लागतमा झण्डै २४ कोठे सुबिधासम्पन्न भवन निर्माण सम्पन्न गरिने भएको हो। कालीगण्डकी नदीको किनारमा अवस्थित ४२ रोपनी क्षेत्रफलमा भवन बनाइने भएको हो ।


    संघीय सरकार र गल्याङ् नगरपालिकाको संयुक्त आयोजनामा निर्माण हुने भवन गल्याङ् नगरपालिकाद्धारा संचालित गरिने भएको छ । चिकित्सालयको संघिय सांसद धनराज गुरुङले शिलान्यास गर्दै भवन सहित उपचार व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।


    धार्मिकरुपमा महत्वपूर्ण कालीगण्डकी नदी मानव उत्पती, जीवको विकास क्रम खोजका लागि कालीगण्डकी सभ्यताको खोज महत्वपूर्ण रहने जनाउदै उत्तरवाहिनी क्षेत्रमा गुरुकुल शिक्षा लगायत धार्मिक अनुष्ठानका बिबिध गतिबिधिहरु संचालनमा रही आएका छन् ।


    केहीबर्षअघि यहाँ महायज्ञ संचालन गरेर धार्मिक तिर्थस्थल सहितका भौतिक संरचना निर्माणगरी गुरुकुल बिद्यालय पनि संचालनमा ल्याइएको छ ।


    कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका केन्द्रिय अध्यक्ष समेत रहेका चैतन्य कृष्णले कृष्णका अनुसार — धार्मिक ग्रन्थ बेद पुराणका अनुसार कालीगण्डकी महिमा १ अरव ९५ करोड ४० लाख बर्ष पुरानो छ। विश्वमै नपाईने शालीग्राम कालीगण्डकी नदीमा मात्र पाईन्छ। यसकारण यो भूमि धार्मिक दृष्ट्रिकोणले पुण्यभूमि हो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.