स्याङ्जा, १८ असार । गल्याङमा नगरपालिकामा ५ दिने अचार बनाउने तालिम शुरु भएको छ । एकल महिला बहुउदेशिय सहकारी सस्थाको आयोजनामा गल्याङ नगरपालिका ३ मा तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै गल्याङ नगरपालिकाका नगर उपप्रमुख हेमा न्यौपानेले व्यवहारिक तालिमले एकल महिलाहरुलाई आर्थिक रुपमा सवल पुर्याउन सहयोग गर्ने बिश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले पनि आफ्नो जीवन मा केही गर्छु भनेर अगाडि बढिरहेका महिलाहरुलाई सहयोग गर्ने न्यौपानेको भनाई छ ।
कार्यक्रममा ३ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई ले सीपमूलक तालिमले महिलाहरुको जीवनमा राम्रो प्रभाव पार्ने बताउनु भयो ।
सस्थाका अध्यक्ष ज्ञानु भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कला ढकालले स्वागत र सचिव खुमा बुढाथोकीले संचालन गर्नुभएको थियो ।