स्याङ्जा १२ असोज । रेविज दिवसको अवसरमा गल्याङमा ९३ वटा कुकुर र ११ वटा बिरालोलाई निशुल्क रेबिज विरुद्धको खोप लगाइएको छ । दिवसको अवसरमा निशुल्क रेबिज विरुद्धको खोप कार्यक्रम अन्तर्गत मंगलबार जम्मा एक सय चार वटा घरपालुवा कुकुर र बिरालोलाई खोप लगाइएको हो ।
गल्याङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भएको खोप कार्यक्रमको शुभारम्भ गर्दै गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले घरमा पालेका जनावरहरुको स्वास्थ्यमा पनि उत्तिकै सचेत रहनुपर्ने बताउनुभयो ।
उहाँले पशुहरुबाट मानिसमा विभिन्न रोगको संक्रमण हुन सक्ने भन्दै यसबाट जोगिन नियमित खोपको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले रेबिज प्राणघातक रोग भएकाले पूर्व सावधानी अपनाउन सकेमा बच्न सकिने बताउनुभयो ।
उहाँले पशुहरुलाई रोग लाग्ने अवस्था आउन नदिनका लागि निशुल्क खोपको ब्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।
रेबिज विरुद्ध पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उहाँको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको छ ।
Tuesday, October 14
Trending
- फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
- स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
- जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
- अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
- डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
- एक हजार २८ प्याकेट पटका बरामद
- भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
- एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ