स्याङ्जा ५ चैत । गल्याङ् नगरपालिका ३ बल्पुकमा संचालित सुपर ६ क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । न्यू वी.जी.वी. स्पोटर्स क्लवको आयोजनामा आयोजित प्रतियोगितामा राम्दी क्रिकेट क्लव प्रथम भएको छ । यसैगरी, आयोजक ए दोस्रो भएको छ ।
खेलमा प्रथम हुने समूहले नगद २५ हजार नगद शल्ड मेडल र प्रमाणपत्र पाएका छन भने दोस्रो हुनेले नगद १५ हजार शिल्ड मेडल प्रमाण प्रत्र पाएका छन । दश दिन सम्म सञ्चालन भएको प्रतियोगितामा २७ समूह सहभागी थिए ।
बिजयी र उपविजेता समूहलाई पुरस्कृत गर्दै नेपाली काँग्रेस गल्याङ नगर सभापति श्यामप्रसाद बस्यालले क्रिकेट खेल विश्वको १५ नम्बरमा रहेको जनाउदै पछिल्लो समय लोकप्रिय खेलको रुपमा विकास भएको बताउनुभयो । खेलमैदानको अभावमा पनि खेलाडीहरुले उत्कृष्ट खेल प्रर्दशन गरे आफूलाई खेलकुदमा लगाउने क्रिकेट खेलाडीलाई हौसला सहित साथ सहयोग गर्नु पर्ने बताउनुभयो ।
गल्याङ नगरपालिका वडा नं.३ बल्पुक स्थित न्यू बि जि बि स्पोर्ट क्लवको आयोजनामा आयोजित सुपर ६ क्रिकेट प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उहाले सो कुरा बताउनु भएको हो ।
राज्यले खेलमैदानको व्यवस्थापन मिलाएर खेलाडीलाई सहि रुपमा प्रशिक्षण दिन सके भविष्य राम्रो भएको बताउदै उहाले खेलाडीहरुलाई राज्यले प्रदान गर्ने सेवा सुबिधामा बढ्वा दिनु पर्नेमा जोड दिनुभयो । उहाले खेलाडीहरुलाइ खेल खेलेर बाच्ने आधार बनाउन सके युवा पुस्ताहरु विदेशीन नपर्ने समेत दावी गर्नुभयो ।
खेल र खेलाडीका संरक्षण गर्ने पक्षमा आफू र नेपाली काँग्रेस गल्याङ नगर कार्य समिति तयार रहेको बताउदै त्यस अभियानमा आफू निरन्तर लागेको कुरा बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि चन्द्रबहादुर राना मगर, नेकपा एकिकृत माओवादी गण्डकी प्रदेश २ खका संयोजक टकप्रसाद खनाल, गल्याङ चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष गंगाप्रसाद श्रेष्ठ, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष धुर्वप्रसाद श्रेष्ठ, गल्याङ ब्याटमिन्टन क्लवका अध्यक्ष सुरेश सुबेदी, गल्याङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष रफि खान , गल्याङ नगरपालिका वडा नं.३ का वडा सदस्यहरू शिबप्रसाद न्यौपाने स्थानीय समाजसेवी कल्पना बस्याल लगायते पछिल्लो समय क्रिकेटको महत्व बढेको जनाउदै खेल प्रबर्धनका लागि ३ तहका सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
न्यू वी.जी.वी. स्पोटर्स क्लवका अध्यक्ष सन्दिप भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस नगर सहसचिव प्रतिमा भट्टराईले स्वागत र स्वतन्त्र विद्यार्थी यूनियन गल्याङ बहुमुखी क्याम्पसमा उपसभापति सुनिल पाठकले संचालन गर्नु भएको थियो ।