स्याङ्जा ८ मंसिर । गल्याङ नगरपालिकामा बृहत पोषण विशेष क्षमता अभिबृद्धि सम्बन्धि तालिम सुरु भएको छ ।
गल्याङ नगरपालिकाका स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण विशेष क्षमता अभिबृद्धि सम्बन्धि एक हप्ते तालिम मंगलबार सुरु भएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले पोषण र स्वास्थ्यलाई आन्तरिक उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो ।
उहाँले विषादीयुक्त खानाको असर स्वास्थ्यमा पर्ने भएकाले घरमै उत्पादन गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘बजारबाट किनिएका तरकारीहरुबाट हामीले विषादी लिइरहेका हुन्छौं । यसलाई रोकेर आफ्नो लागि मात्रै भए पनि घरबाट उत्पादन गर्न सकेमा धेरै रोगहरुलाई रोक्न सकिन्छ ।’ दुधको सेवनले पनि धेरै फाइदा गर्ने भएकाले आफुले सेतो सहरको अवधारणा ल्याएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।
नगरपालिकाले अण्डामा आत्मनिर्भरको कार्यक्रम ल्याएको भन्दै उहाँले हजार दिने आमाहरुका लागि नगरपालिकाले विशेष योजनाहरु ल्याउने तयारी गरेको बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले तालिमलाई उपलब्धीमूलक बनाउन आग्रह गर्नुभयो ।
स्वास्थ्यसँग जोडिएका कुराहरु संबेदनशील हुने भएकाले यसमा स्वास्थ्यकर्मी धेरै चनाखो हुनुपर्ने उहाँले बताउनुभयो ।
गल्याङ नगरपालिका स्वास्थ्य संयोजक गुनेन्द्र रानाले बच्चाको शारिरिक तथा मानसिक विकास सुरुको हजार दिन भित्र हुने भएकाले सोही समयलाई केन्द्रीत गरेर तालिमको आयोजना गरिएको बताउनुभयो ।
नगरपालिकाका सिनियर अहेब तुलसीराम बरालले बृहत पोषण लक्षित कार्यक्रम अन्तर्गत नगरपालिका भरीका स्वास्थ्यकर्मीहरुका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।
सिनियर अहेब विपिन कोइरालाले एक एक हप्ता गरेर तीन चरणमा गरी २१ दिनमा तालिम सम्पन्न हुने जानकारी दिनुभयो ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले हजार दिने एक आमालाई पोषण खाना दिएर तालिमको उद्घाटन गर्नुभएको हो ।
Friday, August 1
Trending
- स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे
- जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा
- कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
- स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
- असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
- मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
- भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
- सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित